काठमाडौं। एमभी अगस्टा लकी एक्सप्लोरर ५.५ र ९.५ मोडलको एडभेन्चर बाइक सार्वजनिक भएको छ। एमभी अगस्टा एडभेन्चर बाइकले पुरानो एलिफ्यान्ट एडभेन्चर बाइकबाट स्टाइलिङ समावेश गरिएको छ।
कम्पनीले एडभेन्चर बाइकको सेग्मेन्टमा आफ्नो प्रभाव बढाएको छ। ठूलो ९.५ मोडल पूर्ण रूपमा आन्तरिक उत्पादन हो भने अर्को सानो ५.५ मोडल भने क्युजे मोटरसँगको सहकार्यमा विकास गरिएको हो। दुबै मोडलको स्टाइल उस्तै छ। ८० को दशकमा निर्माण गरिएको कागिभा एलिफ्यान्ट एडभेन्चर बाइकको जस्तै लुक्स प्रदान गरिएको छ।
दुबै मोडलहरू ट्युबलेस वायर-स्पोक रिमहरूमा चल्छन्। ९.५ मोडलमा भएको ९३१ सीसी क्षमताको इन्जिनले १२४ हर्षपावर र १०२ एनएम टर्क उत्पादन गर्छ।
५.५ मोडलमा वायर-कुल्ड ५५४ सीसीको ट्विन इन्जिन उपलब्ध छ। सो इन्जिनले ७५०० आरपीएममा ४७.६ हर्षपावर र ५५०० आरपीएममा ५१ एनएम टर्क उत्पादन गर्छ। यो ५.५ मोडल बेलेनीको टीआरके ५०२ मोडलसँग मिल्दोजुल्दो छ। दुबैमा पावर फिगर समान छ।
वाइकमा सस्पेन्सन हार्डवेयर केवाईबीद्वारा रिबाउन्ड, प्रिलोड समायोजन र पूर्ण रूपमा मोनोसकको साथ ४३ एमएम फोर्कको रूपमा जडान गरिएको छ। ब्रेकिङ हार्डवेयर यस सेग्मेन्टमा आरामदायी रूपमा उत्कृष्ट छ। जसमा ४-पिस्टन रेडियल क्यालिपरहरू अगाडि ट्वीन ३२० एमएमको डिस्क र पछाडिको सिंगल २६० एमएम डिस्कमा जोडिएको ट्विन-पिस्टन इकाई उपलब्ध छ।
५.५ ले वोस कम्पनीको डुअल च्यानल एबीएस प्राप्त गर्छ। सिटको उचाइ ८६० एमएम सम्म अग्लो छ। वाइकमा २१० एमएम ग्राउन्ड क्लियरेन्स उपलब्ध छ। २० लिटरको इन्धन स्टोरेज ट्याङ्की रहेकाले लङ रुटका लागि उपयुक्त छ।
९.५ मोडल
यो एक पूर्ण रूपमा आन्तरिक डिजाइन गरिएको उत्पादन हो। यसमा ट्रिपल-सिलिन्डर इन्जिनको रिट्युन गरिएको छ। ९.५ मा रहेको इन्जिनले १० हजार आरपीएममा १२४ हर्षपावर र ७ हजार आरपीएममा १०२ एनएम टर्क उत्पादन गर्छ। यसमा ९३१ सीसी ट्रिपल सिलिन्डर इन्जिन लिक्विड कुल्ड उपलब्ध छ।
यसमा उपलब्ध ६ स्पीड गियरबक्समा रेक्लुज स्मार्ट क्लच प्रणाली पनि पाउन सकिन्छ। यसमा सिट, ह्यान्डलबार र फुटपेगहरू दुई पोजिसनहरू बीच समायोजन गर्न योग्य छन् जसले सवारीहरूलाई विभिन्न परिदृश्यहरूमा बाइकमा आफ्नो स्थिति ठीक-ट्युन गर्न अनुमति दिन्छ।
यसमा ब्रेकिङ हार्डवेयर अगाडिको ३२० एमएङ्ग डिस्क ट्वीन स्टाइलमा क्यालिपरहरू र पछाडिको २६५ एमएम डिस्कमा जोडिएको ट्विन-पिस्टन क्यालिपरको साथ उपलब्ध छ। हार्डवेयरको पूरक भनेको कन्टिनेन्टल डुअल च्यानल कर्नरिङ एबीएस र रियर ह्वील लिफ्ट मिटिगेसन पनि हो।
यसको पाङ्ग्राको साइज अगाडि ९०/९०-२१ र पछाडि १५०/६०-आर१८ को छ। यसको पनि इन्धन ट्याङ्कीको स्टोरेज क्षमता २० लिटरको छ। सिटको उचाइ ८५० एमएम र ८७० एमएम बीच एडजस्ड गर्न सकिन्छ। यसमा २३० एमएमको ग्राउन्ड क्लियरेन्स छ।