BIZMANDU
www.bizmandu.com

मर्जरले सेयर रोक्का भएका कम्पनीको कारोबार खुलाउने निर्देशिका लागू, पुरानोको हकमा के छ व्यवस्था?

२०७९ कात्तिक २४

मर्जरले सेयर रोक्का भएका कम्पनीको कारोबार खुलाउने निर्देशिका लागू, पुरानोको हकमा के छ व्यवस्था?
मर्जरले सेयर रोक्का भएका कम्पनीको कारोबार खुलाउने निर्देशिका लागू, पुरानोको हकमा के छ व्यवस्था?


काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयर कारोबार रोक्का सम्बन्धि निर्देशिका पारीत गरी लागु गरेको छ।

Tata
Global Ime

बोर्डको बुधबार साँझ बसेको संचालक समितिको बैठकले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेको थियो। स्वीकृत निर्देशिका बिहीबारबाट लागू भएको हो। 

निर्देशिका लागु भएसँगै अब मर्जरका लागि कुनैपनि कम्पनीको सेयर कारोबार अधिकतम १५ दिनभन्दा बढी रोक्का हुने छैन।

यसअघि कति अवधिसम्म कारोबार रोक्का गर्नुपर्ने स्पष्ट नीति थिएन। यही कारण विभिन्न कम्पनी तथा संस्थाहरुको सेयर कारोबार एकिकृत कारोबार भएको कयौं महिनासम्म पनि रोक्का रहेन गरेको थियो।

निर्देशिका अनुसार एकीकृत व्यवसायीक कारोबार गरेको मितिले गाभ्ने/गाभिने तथा प्राप्तिको हकमा संस्थाको सेयर मिलान, धितोपत्र पान दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ कार्य दिनसम्म सेयर कारोबार रोक्काका लागि कुनैपनि कम्पनीले धितोपत्र बजारमा नेवेदन दिनु पर्छ।

निर्देशिका लागु हुनु अघि मर्जर तथा प्राप्तिको प्रकृयामा रहेका कम्पनीहरुले अहिलेको व्यववस्था अनुसार मर्जर तथा प्राप्ति प्रकृया अघि बढाउन सक्ने भएका छन्।

साथै यसअघि नै मर्जरको प्रकृयामा रहेका सम्बन्धित कम्पनीहरुले संस्थापक सेयरधनीबाहेकको सेयर कारोबार फुकुवा गर्न नेप्से तथा केन्द्रीय निक्षेप प्रदायक संस्था समक्ष निवेदन दिनुपर्ने हुन्छ।

केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले पनि सम्बन्धित संस्थाका संस्थापक सेयरधनी बाहेकका सेयर कारोबार तत्काल फुकुवा गर्नु पर्ने निर्देशनमा उल्लेख गरीएको छ।

हाल मर्जरको क्रममा रहेका करीब ३४ कम्पनीको सेयर कारोबार रोक्का छ।