BIZMANDU
www.bizmandu.com

सेयर बजारमा हरायो लाभांशको रौनक, परिसूचक १९०० तल ओर्लियो, ४ दिनमा ८५.५२ अंकको गिरावट

२०७९ कात्तिक २४

सेयर बजारमा हरायो लाभांशको रौनक, परिसूचक १९०० तल ओर्लियो, ४ दिनमा ८५.५२ अंकको गिरावट
सेयर बजारमा हरायो लाभांशको रौनक, परिसूचक १९०० तल ओर्लियो, ४ दिनमा ८५.५२ अंकको गिरावट


काठमाडौं। पछिल्लो चार दिनयता सेयर बजारमा देखिएको वृद्धिको रौनक हराएको छ। सोमबारयता नेप्से परीसूचक ८५.५२ अंकले घटेको छ। जानकारहररु चुनावका कारण बैंकिङ प्रणालिमा पैसा जम्मा भएपनि ब्याजदर नघटी सेयर बजारमा पैसा नआउने बताएका छन्।

Tata
Global Ime

केही दिनअघि सेयर बजारमा विभिन्न कम्पनीहरुले आफ्नै वित्तीय विवरणसहित लाभांश सार्वजनिक गरीरहे। जसको प्रभावले सेयर बजारमा आशलाग्दो वृद्धि देखिएको थियो। जुन वृद्धिले लामो समयबाट नोक्सानी मात्र व्यहोर्दै आएका लगानीकर्ताहरुमा पनि राहतको महसुस गरायो।

बिहीबारसम्म आइपुग्दा नेप्से पछिल्लो ८ कारोबार दिनयता १९०० तल झरेको छ। आज नेप्से परिसूचक २३.५२ अंकले घट्दा १८९३.७० विन्दुमा आइपुगेको छ। कारोबारमा आएका १७१ कम्पनीको सेयर मूल्य घटेको छ।

यस्तै आज नेप्से परीसूचकसँगै कारोबारमा पनि गिरावट आएको छ। बिहीबार दिनभरको कारोबार अवधिमा २२६ कम्पनीको ३१ लाख १४ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार १ अर्ब ४० करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

आज अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब ७ प्रतिशतले घटेको छ। किसान लघुवित्त, पञ्चकन्यामाई हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक र इमर्जिङ नेपालको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ।

सेयर मूल्य घटेपनि कारोबारका आधारमा आज शिवम् सिमेन्ट अग्रस्थानमा छ। प्रति कित्ता २३.४० रुपैयाँ सेयर मूल्य घटेको शिवम् सिमेन्टको आज १० करोड बढीको सेयर खरिद बिक्री भएको हो।