(1).jpg)
काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य वृद्धि भएको छ।
गत आर्थिक वर्षको तुलनामा १३३ .२८ प्रतिशतले वृद्धि भएको कम्पनीले सावर्जनिक गरेको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा उल्लेख छ।
विवरणअनुसार कम्पनीले २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ९ करोड २२ लाख रुपैयाँ नाफा गरेको थियो।
चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको बीमा शुल्क १५ .६६ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष ७९ करोड रुपैयाँ बीमा शुल्क रहेको कम्पनीको यो वर्ष ९१ करोड ४० लाख रुपैयाँ छ।
कम्पनीले ७ करोड ४६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले खुद दाबी भुक्तानी ५ करोड ३६ लाख रुपैयाँ गरेको थियो। तुलनात्मक रुपमा कम्पनीको दाबी भुक्तानी ३९ प्रतिशतले बढेको हो।
चालु आर्थिक वर्षको त्रैमासमा कम्पनीले १ करोड १४ लाख रुपैयाँ व्यवस्थापन खर्चमा खर्चिएको छ। गतवर्ष १ करोड ५ लाख रुपैयाँ खर्च गरेको थियो।
त्यस्तै, कम्पनीको अभिकर्ता कमिसन गतवर्षको भन्दा १४ प्रतिशतले घटेको छ। कम्पनीले चालु आर्थिक वर्षमा १० करोड १० लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ। अघिल्लो वर्ष यो खर्च ११ करोड ७४ लाख रुपैयाँ थियो।
कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १५ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष ९ करोड ५५ लाख आय गरेको थियो।
बीमालेखको धितोमा कर्जाबाट आय २ करोड ४४ लाख रुपैयाँ छ।
२ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब ३५ करोड रुपैयाँ संचित छ। अघिल्लो वर्ष सो कोषमा ६६ करोड १० लाख रुपैयाँ थियो। चालु आर्थिक वर्षको प्रथम त्रैमासमा जीवन बीमा कोषमा ७ अर्ब ४६ करोड रुपैयाँ छ।
अघिल्लो वर्ष ४ अर्ब ५४ करोड रुपैयाँ थियो।
महाविपत्ति कोषमा १४ करोड रुपैयाँ जम्मा छ। साथै, कम्पनीको प्रति सेयर आम्दानी ३५.३८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १४८.३२ रुपैयाँ छ।