काठमाडौं। टोयोटा इन्डियाले अर्बन क्रुजर एसयुभीको उत्पादन बन्द गरेको छ। टोयोटाले यसलाई मारुती सुजुकी भिटारा ब्रेजा मोडलमा आधारित अर्बन क्रुजर एसयुभी बनाइरहेको थियो।
तर हाल कम्पनीले उत्पादन बन्द गरिएको जनाएको छ। साथै टोयोटाले यस मोडललाई आफ्नो वेबसाइटबाट डी-लिस्ट समेत गरिसकेको छ।
अझै पनि अर्बन क्रुजर हाइडर बिक्रीमा छ। अर्बन क्रुजर मारुति सुजुकी-टोयोटा साझेदारी अन्तर्गत लन्च गरिएको दोस्रो री-ब्याज र री-स्टाइल गरिएको मोडल थियो। कम्पनीले प्रति महिना औसतमा २२०० युनिट बिक्री गरेको थियो।
कम्पनीले यसको उत्पादन बन्द गर्नुको मुख्य कारण सुजुकीसँग सम्झौता गरेपछि टोयोटाले यसको निर्माण लागत प्रिमियम अर्बन क्रुजर हाइराइडरको उत्पादनमा खर्च गर्ने जनाएको छ।
अहिले बन्द गरिएको अर्बन क्रुजरको मूल्य तत्कालीन भिटारा ब्रेजाभन्दा ५ हजारदेखि १५ हजार भारुभन्दा बढी छ।
यस्तै टोयोटाको संस्करणहरुको सुजुकीलाई रोयल्टी तिरेपछि झन महँगो हुनेछ।