BIZMANDU
www.bizmandu.com

खुकुरी रम उत्पादक दि नेपाल डिस्टीलरिजले पायो ‘आइएसओ ९००१ः२०१५ प्रमाणपत्र

२०७९ कात्तिक २५

खुकुरी रम उत्पादक दि नेपाल डिस्टीलरिजले पायो ‘आइएसओ ९००१ः२०१५ प्रमाणपत्र
खुकुरी रम उत्पादक दि नेपाल डिस्टीलरिजले पायो ‘आइएसओ ९००१ः२०१५ प्रमाणपत्र


काठमाडौं। ‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ले ‘आइएसओ ९००१ः२०१५ प्रमाणपत्र पाएको छ। कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय, डीएनभीबाट यो प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको हो।

Tata
Global Ime

यो प्रमाणपत्र एक विश्वव्यापी मानक हो, जसले बलियो गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरु तय गर्छ।

कम्पनीले स्थापनाकालदेखि नै गुणस्तर र ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ। कम्पनीका अनुसार यसका लागि आफ्नो उत्पादनमा निरन्तर सुधार र आन्तरिक व्यवस्थापन प्रणालीलाई पनि चुस्तदुरुस्त र समयसापेक्ष बनाउँदै आएको छ । 

यो प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्रणालीमा निरन्तर सुधारमार्फत ग्राहकको सन्तुष्टिमा गरेको महत्वपूर्ण देनको प्रतिफल रहेको कम्पनीले जनाएको छ । 

‘आइएसओ ९००ः२०१५ प्रमाणपत्र’लाई कम्पनीको जीवनमा एउटा कोशेढुंगा हो,' कम्पनीका महाप्रबन्धक सुभाष लामिछानेले भने‘प्रतिष्ठित आइएसओ ९००१ः२०१५ को प्रमाणपत्र पाएकोमा हामीलाई गौरव महसुस भएको छ। यसको सम्पूर्ण श्रेय टिम र यसबाट भएको सामूहिक प्रयासलाई जान्छ। आगामी दिनमा समेत हामी हाम्रा उत्पादनहरुको गुणस्तर र आन्तरिक कार्य प्रणालीलाई समेत अझ आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं।’

कम्पनीले ‘खुकुरी ट्रिपल एक्स रम’, ‘खुकुरी स्पाइस्ड रम’, ‘खुकुरी ह्वाइट रम’ र ‘खुकुरी कोरोनेसन रम’ उत्पादन हुँदै आएको छ । यी उत्पादन विश्व बजारमा निर्यात पनि हुँदै आएका छन् । 

हालै कम्पनीले रमबाट भोड्का सेग्मेन्टमा प्रवेश गर्दै नयाँ ब्राण्ड ‘न्यूड भोड्का’ बजारमा ल्याएको छ। सन् १९५९ मा स्थापना भएको यो कम्पनी संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो।