BIZMANDU
www.bizmandu.com

ङादी ग्रुप पावरको १ करोड ६ लाख कित्ता हकप्रद सूचीकृत, आइतबारदेखि कारोबारमा

२०७९ कात्तिक २५

ङादी ग्रुप पावरको १ करोड ६ लाख कित्ता हकप्रद सूचीकृत, आइतबारदेखि कारोबारमा
ङादी ग्रुप पावरको १ करोड ६ लाख कित्ता हकप्रद सूचीकृत, आइतबारदेखि कारोबारमा


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ।

Tata
Global Ime

कम्पनीको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले केही समय अघि जारी गरेको १५० प्रतिशत हकप्रद सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो। सूचीकृत सेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउँने छ।

कम्पनीले गत साउन १८ गतेबाट चुक्ता पुँजी  ७० करोड ६९ लाख ३२ हजार को १ बराबर १.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर जारी गरेको थियो।

तर सो समय कम्पनीले जारी गरेको हकप्रद मध्य ९३ लाख ४६ हजार ६९६ कित्ता मात्र बिक्यो। र १२ लाख ५७ हजार २९० कित्ता बाकी नै रह्यो।

सो समय नबिकेको उक्त १२ लाख कित्ता हकप्रद सेयर कम्पनीले गत असोज ६ गतेबाट १३ गतेसम्म बोलकबोलमार्फत बिक्री गरेको हो।