BIZMANDU
www.bizmandu.com

सवारीका वार्षिक करमा सात प्रदेशमा छैन एकरुपता, यस्तो छ प्रदेश अनुसारको करका नयाँ दर

२०७९ कात्तिक २६

सवारीका वार्षिक करमा सात प्रदेशमा छैन एकरुपता, यस्तो छ प्रदेश अनुसारको करका नयाँ दर
सवारीका वार्षिक करमा सात प्रदेशमा छैन एकरुपता, यस्तो छ प्रदेश अनुसारको करका नयाँ दर


काठमाडौं। नयाँ आर्थिक वर्ष सुरु भएसँगै आफ्नो सवारीधनीहरुले वार्षिक नवीकरण अनिवार्य छ। तिरिएन भने जरिवाना लाग्ने त छँदैछ बाटो-बाटोमा ट्राफिक चेकिङमा परिन्छ, जरिवानामाथि थप जरिवाना लाग्छ।

Tata
Global Ime

के तपाइँलाई थाहा छ प्रयोग गरिरहनुभएको सवारीसाधनको वार्षिक नवीकरण दस्तुर कति छ? प्रत्येक आर्थिक वर्षका लागि करका दर निर्धारण गर्ने अधिकारी संघबाट प्रदेश सरकारहरुमा गएपछि एकरुपता निर्धारण नभएको पाइएको छ। कुनै प्रदेशले अघिल्लो वर्षकै दरलाई निरन्तरता दिएका छन् भने कुनैले बढाएका छन्।

वाग्मती प्रदेश सरकारले यो वर्ष पनि सवारी साधनको करमा भएको पुरानै दरलाई निरन्तरता दिएको छ। वाग्मतीमा दर्ता भएका सवारी साधनले पहिलेकै दर अनुसारको कर तिर्नु पर्नेछ।

प्रदेश सरकारहरुले कर संकलन गर्दा आ-आफ्नै प्रदेश अनुसार करको दर राख्ने गरेका छन्। यसमा पनि सवारीसाधानको सीसी क्षमता अनुसार करको दर निर्धारण हुने गर्छ। सबैभन्दा धेरै सवारीसाधन वाग्मती प्रदेशमा दर्ता भएकाले यही प्रदेशमा सवारी कर धेरै उठ्छ। हाल वाग्मती प्रदेशमा मात्र ४५ लाख भन्दा धेरै सवारीसाधन दर्ता भइसकेको यातायात व्यवस्था विभागले जनाएको छ।

सवारीधनीले बीमा गरेर मात्रै नवीकरण गराउन पाउँछन्। त्यसैले यातायात व्यवस्था कार्यालयले लिने वार्षिक करको खर्चभन्दा छुट्टै पर्छ बीमाको खर्च।

यस्तो छ प्रदेशपिच्छे सवारीमाथिको कर
वाग्मती
प्रदेशमा मोटरसाइकल वा स्कुटरका लागि १२५ सीसी सम्म भए ३ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ। त्यसैगरी १२६ देखि १५० सीसीसम्म ५ हजार, १५१ देखि २२५ सीसी सम्म ६ हजार ५ सय र २२६ देखि ४०० सीसी सम्मकाले ११ हजार रुपैयाँ कर तिर्नुपर्छ।
त्यसैगरी ४०१ सीसी देखि ६५० सीसी सम्म २० हजार र ६५१ सीसी भन्दा माथिका मोटरसाइकल वा स्कुटरले ३० हजार रुपैयाँ कर तिर्नुपर्छ।

चारपांग्रे सवारी साधनको लागि पनि त्यही अनुसारको दर निर्धारण गरिएको छ। कार, जिप र भ्यानका लागि १००० सीसीसम्मकाले २२ हजार, १००१ देखि १५०० सीसीसम्मका कारले २५ हजार रुपैयाँ कर तिर्नुपर्छ। त्यसैगरी १५०१ देखि २००० सीसीसम्मका कारले २७ हजार, २००१ देखि २५०० सीसीसम्मका कारले ३७ हजार र २५०१ देखि ३००० सीसीसम्मका कारले ५० हजार रुपैयाँ कर तिर्नुपर्छ।

त्यसैगरी ३००१ देखि ३५०० सीसीसम्मकाले ६० हजार र ३५०१ सीसीभन्दा माथिका सवारी साधनले ६५ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ।
त्यसैगरी विद्युतीय सवारी साधनका लागि फरक प्रकारको करको दर तोकिएको छ। विद्युतीय मोटरसाइकल वा स्कुटर मध्ये ३५० वाट देखि १००० वाट सम्म २ हजार, १००० भन्दा माथि १५०० वाट सम्म २५०० र १५०० वाट भन्दा माथिका सबैले ३ हजार रुपैयाँ कर तिर्नुपर्छ।

त्यसैगरी विद्युतीय कार, जिप, भ्यान, माइक्रोबस र बस मध्ये १० किलोवाट भन्दा माथि ५० किलोवाट सम्म ५ हजार, ५० किलोवाट भन्दा माथि १२५ किलोवाट सम्म १५ हजार, १२५ किलोवाट भन्दा माथि २०० किलोवाट सम्म २० हजार र २०० किलोवाट भन्दा माथि सबैले ३० हजार रुपैयाँ तिर्नुपर्छ।

विद्युतीय सवारीको करमा हाल २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ।

गण्डकी प्रदेशमा कार, जीप, भ्यान र माइक्रोबसहरुमा १ हजार सीसीसम्मका सवारीसाधानको २० हजार रुपैयाँ तिर्नुपर्छ। १००१ सीसीदेखि १५०० सीसीसम्मको २२ हजार, १५०१ सीसीदेखि २००० सीसीसम्म २५ हजार, २००१ सीसीदेखि २५०० सीसीसम्म ३४ हजार, २५०१ सीसीदेखि २९०० सीसीसम्म ४० हजार रुपैयाँ र २९०१ सीसीसम्मको ५६ हजार रुपैयाँ तिनुपर्छ।

यस्तै डोजर, एक्साभेटर, लोडर, रोलर, वरपर, क्रेन जस्ता मेशिनरी उपकरणको ४० हजार रुपैयाँ छ। थ्री ह्वी९लर, टेम्पो, रयाक्टर र पावर लिटरहरुमा थ्री ह्वीपलर र टेम्पो  ५२००, कृषि प्रयोजनमा प्रयोग हुने ट्रयाक्टरको ४ हजार र गैर कृषि प्रयोजनमा प्रयोग हुने ट्रयाक्टरको १५ हजार र  पावर लिटरको ३२०० रुपैयाँ छ।

यसैगरी मोटरसाइकल तथा स्कुटर १२५ सीसिसम्मको २६००, १२६ सीसीदेखि २५० सीसीसम्म ४५००, २५१ सीसीदेखि ४०० सीसीसम्म ९ हजार ५०० र ४०१ सीसीदेखि माथि २० हजार रुपैयाँ छ।

यो प्रदेशले विद्युतीय सवारीसाधानमा कर छुट दिएको छ।

प्रदेश नम्बर १ मा १२५ सीसीसम्मको मोटरसाइकल तथा स्कुटरको लागि २८००, १२६ देखि २५० सीसीसम्मको लागि ४५००, २५१ सीसीदेखि ४०० सीसीसम्मको लागि ५००० र ४०१ सीसीभन्दा माथि १६ हजार ५०० रुपैयाँ रहेको छ।

यसैगरी चारपाङ्ग्रे कार, जीप, भ्यान र माइक्रोबस १००० सीसीसम्मको २१ हजार, १००१ सीसीदेखि १५०० सीसीसम्म २३ हजार, १५०१ सीसीदेखि २००० सीसीसम्म ३० हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ। यस्तै २००१ सीसीदेखि २५०० सीसीसम्म ३५ हजार ५००, २५०१ सीसीदेखि २९०० सीसीसम्म ४१ हजार र २९०१ सीसीदेखि माथि ५८ हजार ५०० रुपैयाँ कर तिर्नुपर्छ।

मधेस प्रदेशमा मोटरसाइकल तथा स्कुटरहरु १२५ सीसीसम्मको लागि २७००, १२६ सिसीदेखि १६० सीसीसम्मको लागि ४५००, १६१ सीसीदेखि २५० सीसीसम्मको लागि ६ हजार, २५१ सीसीदेखि ४०० सीसीसम्मको लागि १० हजार र ४०१ सीसीभन्दा माथि १७ हजार रुपैयाँ रहेको छ।

यसैगरी चारपाङ्ग्रे कार, जीप, भ्यान र माइक्रोबस १००० सीसीसम्मको २० हजार, १००१ सीसीदेखि १५०० सीसीसम्म २२ हजार, १५०१ सीसीदेखि २००० सीसीसम्म २५ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ। यस्तै २००१ सीसीदेखि २५०० सीसीसम्म ३५ हजार, २५०१ सीसीदेखि २९०० सीसीसम्म ३४ हजार र २९०१ सीसीदेखि माथि ५५ हजार रुपैयाँ कर तिर्नुपर्छ।

लुम्बिनी प्रदेशमा मोटरसाइकल तथा स्कुटरको वार्षिक कर २५०० देखि २० हजार रुपैयाँसम्म रहेको छ। यसमा १२५ सीसीसम्मको लागि २५००, १२६ सीसदेखि २५० सीसी सम्मका लागि ४५००, २५१ देखि ४०० सीसीसम्मका लागि ९५०० र ४०० सीसीभन्दा माथि २०००० हजार रुपैयाँ छ।

यो प्रदेशमा भने निजी विद्युतीय सवारीसाधनको वार्षिक कर तिर्नुपर्छ। जसमा विद्युतीय मोटरसाइकल तथा स्कुटर ३५० वाटदेखि १००० वाटसम्म १५००, १००१ वाटदेखि १५०० वाटसम्म २००० र १५०१ वाटभन्दा माथि ३००० रुपैयाँ तिर्नुपर्छ। 

यसैगरी कार, जीप, भ्यान र माइक्रोबस १००० सीसी क्षमतासम्म २० हजार, १००१ सीसीदेखि १५०० सीसीसम्म २२ हजार, १५०१ सीसीदेखि २००० सीसीसम्म २५ हजार रुपैयाँ वार्षिक कर तर्नुपर्छ। यसैगरी २००१ सीसीदेखी २५०० सीसीसम्मका सवारीले ३४ हजार, २५०१ सीसीदेखि २९०० सीसीसम्म ३९ हजार र २९०१ सीसीभन्दा माथिका सवारीले ५५ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ।

यस्तै विद्युतीय कार, जीप, भ्यान र माइक्रोबस ५० किलोवाटदेखि १२५ किलोवाट क्षमतासम्मको १५ हजार, १२६ किलोवाटदेखि २२५ किलोवाटसम्मको लागि २० हजार र २२६ किलोवाटभन्दा माथि सबैले ३० हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ।

कर्णाली प्रदेशमा मोटरसाइकल तथा स्कुटरको वार्षिक कर सीसी अनुसार २५०० देखि १५००० रुपैयाँसम्म रहेको छ। यो प्रदेशमा १२५ सीसीसम्मको लागि २५००, १२६ सीसीदेखि २५० सीसीसम्मको लागि ४ हजार, २५१ सीसीदेखि ४०० सीसीसम्मको लागि ८ हजार र ४०० सीसीभन्दा माथि १५ हजार रुपैयाँ रहेको छ।

यसैगरी चारपांङ्ग्रे कार, जीप, भ्यान र माइक्रोबस १००० सीसीसम्मको १९ हजार, १००१ सीसीदेखि १५०० सीसीसम्म २१ हजार, १५०१ सीसीदेखि २००० सीसीसम्म २३ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ। यस्तै २००१ सीसीदेखि २५०० सीसीसम्म ३२ हजार, २५०१ सीसीदेखि २९०० सीसीसम्म ३७ हजार र २९०१ सीसीदेखि माथि ५३ हजार रुपैयाँ कर तिर्नुपर्छ।

सुदूरपश्चिम प्रदेशमा मोटरसाइकल तथा स्कुटर १२५ सीसीसम्मको लागि २५००, १२६ सीसीदेखि १५० सीसीसम्मको लागि ४ हजार ५००, १५१ सीसीदेखि २५० सीसीसम्मको लागि ५ हजार ५००, २५१ सीसीदेखि ४०० सीसीसम्मको लागि ८ हजार र ४००० सीसीभन्दा माथि ९ हजार रुपैयाँ रहेको छ।

यसैगरी चारपांङ्ग्रे कार, जीप, भ्यान र माइक्रोबस १००० सीसीसम्मको १९ हजार, १००१ सीसीदेखि १५०० सीसीसम्म २१ हजार, १५०१ सीसीदेखि २००० सीसीसम्म २३ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ। यस्तै २००१ सीसीदेखि २५०० सीसीसम्म ३२ हजार, २५०१ सीसीदेखि २९०० सीसीसम्म ३७ हजार र २९०१ सीसीदेखि माथि ५३ हजार रुपैयाँ कर तिर्नुपर्छ।

कहिलेसम्म तिर्दा जरिवाना लाग्दैन ?
सवारी कर समयमै तिर्नु नागरिकको दायित्व हो। तर पनि विभिन्न कारणले सवारी धनीले समयमै कर तिरेको पाइदैन। कर समयमै नतिरेमा जरिवाना तिर्नु पर्छ।

सबै सवारी साधनको ब्लुबुक (सवारीको विस्तृत विवरण) को सुरुको पेजमा सवारी दर्ता मिति लेखिएको हुन्छ। सोही मिति अनुसार नै हरेक बर्ष नवीकरण मिति कायम गरिन्छ । दर्ता मितिमा जुन महिना उल्लेख गरिएको हुन्छ, हरेक बर्षको त्यही महिनामा नवीकरण गर्नुपर्ने हुन्छ।
ब्लुबुकमा पछिल्लो पेजमा सवारी नवीकरण मिति हुन्छ, जसमा जाँचेको मिति र म्याद पुग्ने मिति हुन्छ। मानिसहरुले कर तिर्दा म्याद पुगेको मितिको ९० दिन भित्र कर तिर्दा जरिवाना तिर्नु पर्दैन।

तर त्यो मिति आर्थिक वर्षको चैतदेखि असार मसान्तसम्मको मितिलाइ मान्य हुने छैन। उदाहरणका लागि कुनै सवारी साधनको भाद्र महिनामा म्याद सकिन्छ भने त्यो कर मंसिर महिनासम्म तिर्न पाइन्छ। तर कसैको चैतमा म्याद सकिने मिति छ भने यो अवस्थामा ९० दिन थप पाइँदैन। यदि कसैको वैशाख, जेठ र असारमा म्याद सकिने मिति छ भने ९० दिन थप पाइने त कुरै छोडौं, त्यो महिनासम्म पनि म्याद पाइँदैन।

वैशाख, जेठ र असारमा म्याद सकिने सवारी कर पनि चैतसम्म नतिरी वैशाखमा तिरेमा सवारी करको १० प्रतिशत थप जरिवाना लाग्नेछ। ३० दिन कटेपछि ४५ दिनसम्म पनि नतिरे १५ प्रतिशत र ४५ दिन कटेपछि २० प्रतिशत जरिवाना लाग्ने छ। यदि त्यो आर्थिक वर्ष नै कटेमा ३२ प्रतिशत जरिवाना लाग्नेछ।