BIZMANDU
www.bizmandu.com

करेन्ट चाउचाउको बिक्री ह्वात्तै बढ्दा यशोदा फुड्सको व्यापार ३ अर्ब ४३ करोड रुपैयाँ नाघ्यो

२०७९ कात्तिक २७

करेन्ट चाउचाउको बिक्री ह्वात्तै बढ्दा यशोदा फुड्सको व्यापार ३ अर्ब ४३ करोड रुपैयाँ नाघ्यो
करेन्ट चाउचाउको बिक्री ह्वात्तै बढ्दा यशोदा फुड्सको व्यापार ३ अर्ब ४३ करोड रुपैयाँ नाघ्यो



काठमाडौं। पछिल्लो समय युवापुस्ताले निकै रुचाएको करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्स प्रालिले ३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ कारोबार (अपरिष्कृत) गरेको छ। 

Tata
Global Ime

२०२१/२२ मा कम्पनीले कुल बिक्रीको ९४ प्रतिशत विभिन्न भेराइटीका चाउचाउबाट आर्जन गरेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ। रुपन्देहीको तिलोत्तमा १५ मा उत्पादन प्लान्ट रहेको उद्योगको जडित क्षमता वार्षिक २० हजार टन छ।   

२०२०/२२ मा कम्पनीले २ अर्ब ६६ करोड ६० लाख रुपैयाँ र २०१९/२० मा १ अर्ब ७३ करोड ६० लाख रुपैयाँ व्यापार गरेको थियो। 
कम्पनीले करेन्टसँगै लाली चाउचाउ उत्पादन गर्छ। यस्तै, ओनियन रिङ्स, पोट्याटो क्रयाकर, हट एन लेमन स्टिक्स, पास्ता, कोनेज, चिज बल्सलगायत उत्पादन गर्छ।

कम्पनीले आफ्नो कुल संचालन आम्दानीको ८२ प्रतिशत कच्चा पदार्थमै खर्चिएको छ। चाउचाउ र स्न्याक्स उत्पादन गर्न आवश्यक कच्चा पदार्थ कम्पनीले भारत, मलेसिया र इन्डोनेसियाबाट आयात गरिरहेको छ। 

कम्पनीले १ अर्ब ४ करोड ९३ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। २९ करोड ९३ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि एनपी ट्रिपल बी रेटिङ पाएको छ। ७५ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि एनपी ए थ्री प्लस रेटिङ पाएको छ।

कम्पनीको अध्यक्ष चुन्नुप्रसाद शर्मा छन्। देशभर २५० भन्दा बढी वितरकबाट कम्पनीले आफ्नो उत्पादन बिक्री गर्छ।