BIZMANDU
www.bizmandu.com

शिवम् सिमेन्टको नाफा ३२% ले बढ्यो, निर्माण क्षेत्रको गतिविधि खुम्चिँदा आम्दानी डेढ अर्ब

२०७९ कात्तिक २८

शिवम् सिमेन्टको नाफा ३२% ले बढ्यो, निर्माण क्षेत्रको गतिविधि खुम्चिँदा आम्दानी डेढ अर्ब
शिवम् सिमेन्टको नाफा ३२% ले बढ्यो, निर्माण क्षेत्रको गतिविधि खुम्चिँदा आम्दानी डेढ अर्ब


काठमाडौं। सिमेन्ट क्षेत्रको पहिलो सूचिकृत कम्पनी शिवम् सिमेन्टको नाफा बढेको छ। असोज अन्त्यसम्म कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ। जुन पोहोरको तुलनामा ३२ प्रतिशतको वृद्धि हो।

Tata
Global Ime

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २० करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अन्तराष्ट्रिय बजारमा चर्किएको कोइला लगायत पेट्रोलियमको मूल्य वृद्धिले कम्पनीको आम्दानी भने शिथिल छ। यसबीचमा आर्थिक मन्दीले निर्माण क्षेत्रको गतिविधि पनि खुम्चिएको छ।

३० प्रतिशत भन्दा धेरैले कम्पनीको आम्दानी खुम्चिएको हो। असोजसम्म एक अर्ब ५३ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ। पोहोर सो अवधिमा कम्पनीको आम्दानी २ अर्ब २० करोड रुपैयाँ थियो। नेपालमा मागको तुलनामा सिमेन्टको उत्पादन अत्याधिक बढि रहेको अवस्था छ।

कम्पनीको कच्चा पदार्थ खपत पनि झन्डै आधा घटेको छ। ५३ प्रतिशतभन्दा धेरैले कच्चा पदार्थ खपत घटेको हो। यस्तै विद्युत र इन्धन खपतमा १९ प्रतिशतको गिरावट छ।

कम्पनीले कर्मचारीको सेवा सुविधा पनि घटाएको छ। तर बैंक व्याजदरको बढोत्तरी वित्तिय लागत ह्वात्तै बढेर गएको देखिन्छ। पोहोर ७३ लाख ६३ हजार रुपैयाँ ब्याज भुक्तानी गरेको शिवम् सिमेन्टले यस पटक एक करोड ९० लाख रुपैयाँ तिरेको छ। १६० प्रतिशतभन्दा धेरैले ब्याज भुक्तानी बढेको हो।