BIZMANDU
www.bizmandu.com

टियागो इभी ल्याउने सिप्रदीको तयारी, भारतमा एकैदिन १० हजार युनिट बुकिङ भएको कस्तो छ यो गाडी?

२०७९ कात्तिक २८

टियागो इभी ल्याउने सिप्रदीको तयारी, भारतमा एकैदिन १० हजार युनिट बुकिङ भएको कस्तो छ यो गाडी?
टियागो इभी ल्याउने सिप्रदीको तयारी, भारतमा एकैदिन १० हजार युनिट बुकिङ भएको कस्तो छ यो गाडी?


काठमाडौं। टाटा मोटर्सको इलेक्ट्रिकमा पछिल्लो मोडल टियागो इभी नेपालमा पनि बिक्री सुरु हुने भएको छ। टाटाका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागोको इभी संस्करण भित्र्याउन तयारी भइरहेको जनाएको हो।

Tata
Global Ime

टाटाले भारतमा यो गाडी आगामी जनवरीदेखि डेलिभरी गर्दैछ। भारतमा बिक्री वितरण थालेपछि उक्त गाडी नेपालमा पनि ल्याएर टेष्ट ड्राइभ गरिने सिप्रदीले जनाएको छ। इभीका मोडलहरुमा लागत र सुविधाका दृष्टिले निकै किफायती भनिएकाले यो गाडीलाई विद्युतीय सवारीमा रुचि राख्नेहरुले पर्खिँदैछन्। 

कम्पनीका अनुसार यसलाई उत्पादक कम्पनीले डेलिभरी दिएमा माघको अन्त्यमा उक्त गाडी नेपाल ल्याइने छ। टाटाले पछिल्लो समय वेटिङ पिरियड पनि घटाउदै लगेकाले यसको डेलिभरी छिटो हुनेमा बिक्रेता कम्पनी विश्वत रहेको छ।

टियागो इभीको भारतमा बुकिङ अक्टोबर १० बाट सुरु भएको थियो। २०२३ को जनवरीसम्ममा ग्राहकले डेलिभरी पाउने कम्पनीले जनाएको छ। यसको मूल्य भारु ८ लाख ४९ हजारदेखि ११ लाख ७९ हजारसम्म रहेको छ।

यसलाई हालसम्मको सस्तो इभी मानिएको छ। नेपालमा पनि यसलाई फिचर, रेन्ज र पर्फमेन्सका आधारमा अरु इभीभन्दा धेरै सस्तो मूल्यमा किन्न पाइने अपेक्षा गरिएको छछ।

टाटाले ठूलो लङ रेन्ज २४ किलोवाट ब्याट्री प्याक भएको टियागो इभी उत्पादनलाई प्राथमिकतामा राखेको बताएको छ। लक्जरी सेग्मेन्टको टियागो एक्सजेड प्ल्स टेक लक्स सबैभन्दा रुचाइएको भेरियन्ट रहेको जनाएको छ। साथै टिल ब्लू र प्रिस्टाइन ह्वाइट मनपर्ने कलर विकल्पहरू हुन्।

टियागो भारतमा हालसम्म कै सबैभन्दा सस्तो इलेक्ट्रिक कार हो। कम्पनीका अनुसार यो गाडीमा दुईवटा ब्याट्री प्याकको विकल्प दिइएको छ। जसमा एउटा १९.२ किलोवाट क्षमताको छ भने यसले एक पटकको फुल चार्जमा २५० किलोमिटर दुरी पार गर्न सकिन्छ।

यस्तै अर्को २४ किलोवाट क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा ३१५ किलोमिटर दुरी पार गर्न सकिने कम्पनीले जनाएको छ। यसैगरी यसमा ५५ किलोवाट क्षमताको मोटर दिइएको छ।

यसमा स्पोर्ट मोडको पनि उपलब्ध छ। यसको ब्याट्री फुल चार्ज गर्न सामान्य एसी चार्जरबाट ५ घन्टा र फास्ट चार्जरबाट एक घन्टा लाग्ने कम्पनीले जनाएको छ। यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको छ।