BIZMANDU
www.bizmandu.com

चिलिमे जलविद्युतको नाफा बढ्यो, विद्युत बिक्री आम्दानीमा सामान्य सुधार, अरु सूचक कस्तो छ ?

२०७९ कात्तिक २८

चिलिमे जलविद्युतको नाफा बढ्यो, विद्युत बिक्री आम्दानीमा सामान्य सुधार, अरु सूचक कस्तो छ ?
चिलिमे जलविद्युतको नाफा बढ्यो, विद्युत बिक्री आम्दानीमा सामान्य सुधार, अरु सूचक कस्तो छ ?


काठमाडौं। विद्युत बिक्री आम्दानीमा सामान्य सुधार आएपछि चिलिमे जलविद्युतको नाफा बढेको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको हो। पोहोर नाफा २ करोड ३५ लाख रुपैयाँमा सीमित थियो।

Tata
Global Ime

सो अवधिमा कम्पनीले विद्युत बिक्रीबापत ३५ करोड ५८ लाख रुपैयाँ कमाएको छ। जुन पोहोर असोजसम्म ३५ करोड १६ लाख रुपैयाँ थियो। नेपाल विद्युत प्राधिकरणले अधिक विद्युत ऊर्जा खरिद गरेकाले कम्पनीले बिक्री आम्दानी बढ्न गएको जनाएको छ।

ब्याज आम्दानीतर्फ ५५.४७ प्रतिशतको वृद्धि छ। निक्षेपको ब्याजदरमा सुधार आएका कारण ब्याज आम्दानी बढेको हो। असोजसम्म कम्पनीले ३ करोड ९१ करोड रुपैयाँ कमाएको छ। सो अवधिमा कम्पनीले २ अर्ब ५७ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेको छ।

आम्दानीसहित खर्च पनि बढेका छन्। सञ्चालन, प्रशासनिक र कर्मचारी सेवा सुविधा अन्तर्गतका सबै खर्च बढेका छन्।

सो अवधिमा चिलिमे जलविद्युतको चुक्ता पुँजी ६ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। चुक्ता पुँजीको अनुपातमा नाफा नबढ्दा प्रति सेयर आम्दानी भने प्रभावित भएको छ। सामान्य घटेर प्रति सेयर आम्दानी १२.१९ रुपैयाँ पुगेको हो।

कम्पनीसँग ३ अर्ब ८३ करोड रुपैयाँ अवितरित नाफा छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति एक अर्ब ६७ करोड रुपैयाँ छ। कम्पनीले ४३ करोड ९४ लाख रुपैयाँ निर्माणाधीन पूर्वाधारका लागि खर्च गरिसकेको छ। यस्तै, ५ अर्ब ९५ करोड रुपैयाँ बराबरको रकम कम्पनीले सहायक कम्पनीहरुमा लगानी गरेको छ।