BIZMANDU
www.bizmandu.com

क्रिसमसका लगि होटल र्‍याडिसनले गर्‍यो ‘फ्रुट सोकीङ’, जडीबुटी र पेय मिश्रित केक एक महिनामा

२०७९ कात्तिक २८

क्रिसमसका लगि होटल र्‍याडिसनले गर्‍यो ‘फ्रुट सोकीङ’, जडीबुटी र पेय मिश्रित केक एक महिनामा
क्रिसमसका लगि होटल र्‍याडिसनले गर्‍यो ‘फ्रुट सोकीङ’, जडीबुटी र पेय मिश्रित केक एक महिनामा


काठमाडौं। होटल र्‍याडिसनले क्रिसमसका लागि विशेष केक बनाउन फ्रुट सोकिङ कार्यक्रम आयोजना गरेको छ। वर्षौँदेखि गर्दै आएको यो कार्यक्रममा होटलले जडीबुटी, ड्राइ फ्रुट्स, विभिन्न पेय पदार्थ लगायतको प्रयोग गरेको जनाएको छ।

Tata
Global Ime

होटलका अनुसार विशेष केक एक महिनामा तयार हुनेछ। टेरेस गार्डेनमा आइतबार आयोजित कार्यक्रममा विभिन्न समुदायका महिलाको सहभागिता रहेको होटलले जनाएको छ।

महाप्रबन्धक सुव्रत बेनर्जीले उद्घाटन गरेको कार्यक्रममा एक्जिक्युटिभ सेफ सुनलकृष्ण ठाकुरले फ्रुट सोकिङको नेतृत्व गरेको जनाइएको छ।

होटलले वर्षौंदेखि ड्राई फ्रुट, मसला, जडिबुटी र विभिन्न किसिमका पेय पदार्थ मिसाएर क्रिसमसका लागि विशेष केक तयार पार्दै आएको जनाएको छ।

होटलका अनुसार क्रिसमसका लागि तयार पारिने केकका सामाग्री कम्तिमा एक महिना अगाडि मिश्रण गरेर राखिँदै आएको छ।