BIZMANDU
www.bizmandu.com

लाभांश पारित गर्न युनिलिभर नेपालले डाक्यो साधारण सभा, मंसिर ४ गतेदेखि २० सम्म बुक क्लोज

२०७९ कात्तिक २८

लाभांश पारित गर्न युनिलिभर नेपालले डाक्यो साधारण सभा, मंसिर ४ गतेदेखि २० सम्म बुक क्लोज
लाभांश पारित गर्न युनिलिभर नेपालले डाक्यो साधारण सभा, मंसिर ४ गतेदेखि २० सम्म बुक क्लोज

काठमाडौं। युनिलिभर नेपाल लिमिटेडले लाभांशको विशेष प्रस्ताव पारित गर्न मंसिर २० गते कम्पनीको २९ औं वार्षिक साधारण सभा डाकेको छ। सभा होटल एभरेष्टमा हुनेछ।

Tata
Global Ime

सभाले कम्पनी गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश अनुमोदन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी ९ करोड २० लाख रुपैयाँको १२१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।  

वासलात नाफा नोक्सानबाहेक कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि सञ्चालक समितिले प्रस्ताव गरेको वार्षिक प्रतिवेदन सभाबाट अनुमोदन गर्नेछ। 

साधारण सभा र लाभांश प्रयोजनलाई कम्पनीले मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्दैछ। जसअनुसार मंसिर ३ गतेसम्म कायम सेयरधनीले मात्र लाभाश पाउन र साधारण सभामा भाग लिन सक्नेछन्।