काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ।
आर्थिक वर्ष २०७७/७८ को आर्थिक लेखाजोखा र दायित्व मूल्याकंन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भएपछि नयाँ बोनस दर कायम गरेको कम्पनीले जनाएको छ।
जसमा कम्पनीले बीमितलाई प्रतिहजार न्युनतम २० देखि अधिकतम ७५ रुपैयाँ बोनस दर तोकेको छ। सनलाइफ सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिको लागि ३० रुपैयाँ बोनस दिने भएको छ।
१४ वर्ष अवधिसम्म ३० रुपैयाँ १९ वर्ष अवधिसम्म ३५ रुपैयाँ २४ वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ छ। २५ वर्षभन्दा माथिको अवधिलाई ७५ रुपैयाँ छ।
भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक) र सनलाइफ सावधिक जीवन बीमालेखको दर एउटै छ।
त्यस्तै बालसमृद्ध जीवन बीमालेख (बालबालिकाको सावधिक बीमा )मा १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ छ। १९ वर्ष अवधिलाई ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ६० रुपैयाँ र २५ वा सो भन्दा बढी अवधिमा बीमितले ७५ रुपैयाँ बोनस पाउने भएका छन्।
नवीन आजीवन जीवन बीमा (सावधिक तथा आजीवन) अन्तर्गत ९ वर्ष अवधिका लागि ३० रुपैयाँ, १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १९ वर्ष अवधिका लगि ३५ रुपैयाँ र २५ वर्षसम्मको अवधिलाई ७५ रुपैयाँ छ। २५ वर्षभन्दा माथि अवधिका लागि ७५ रुपैयाँ बोनस दिने कम्पनीले जनाएको छ।
सार्थक आजीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन) मा सबै बीमा अवधिका लागि ३६ रुपैयाँ छ बोनस निर्धारण गरेको छ। कम्पनीको सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजनासमेत) मा १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १९ वर्ष अवधिलाई २५ रुपैयाँ, २० वा सो भन्दा बढी अवधिका लागि ३० रुपैयाँ बोनस कायम गरिएको छ।
धनन्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमामा ९ वर्ष अवधिसम्मका लागि २० रुपैयाँ, १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १९ वर्ष अवधिलाई २५ रुपैयाँ र २० वर्षभन्दा बढीलाई प्रतिहजार ३० रुपैयाँ बोनस दर दिने भएको छ।
साथै कम्पनीले जारी गरेको बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जानकारी दिएको छ।