BIZMANDU
www.bizmandu.com

सिक्लेस हाइड्रोपावरको साधारण सेयर नेप्सेमा सूचीकृत, मंगलबारबाट दोस्रो बजारमा कारोबार हुने

२०७९ कात्तिक २८

सिक्लेस हाइड्रोपावरको साधारण सेयर नेप्सेमा सूचीकृत, मंगलबारबाट दोस्रो बजारमा कारोबार हुने
सिक्लेस हाइड्रोपावरको साधारण सेयर नेप्सेमा सूचीकृत, मंगलबारबाट दोस्रो बजारमा कारोबार हुने

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार सिक्लेस हाइड्रोपावर लिमिटेडको साधारण सेयर सूचीकृत भएको छ। आज नेप्से र हाइड्रोपावर कम्पनीबीच भएको सम्झौता अनुसार कम्पनीको ८५ लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो।

Tata
Global Ime

सूचीकृत सेयरमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि बिक्री गरेको ८ लाख ५० हजार कित्ता, सर्वसाधरणमा बिक्री गरेको ११ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ६५ लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकृत भएको हो।

नेप्सेले दोस्रो बजारमा कारोबार गर्न कम्पनीलाई 'एसआइकेएलइएस' संकेत प्रदान गरेको छ। सूचीकृत सेयर मंगलबारबाट दोस्रो बजारमा कारोबार हुनेछ।

पहिलो कारोबारका लागि नेप्सेले ११६.८६ रुपैयाँदेखि ३५०.५८ रुपैयाँ ओपनिङ रेन्ज प्रदान गरेको छ। पहिलो कारोबार सोही मूल्यमा खुल्ने छ।