BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकले फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै ल्यायो ‘बचत गरौं, च्याम्पियन बनौं’ योजना

२०७९ कात्तिक २८

लक्ष्मी बैंकले फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै ल्यायो ‘बचत गरौं, च्याम्पियन बनौं’ योजना
लक्ष्मी बैंकले फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै ल्यायो ‘बचत गरौं, च्याम्पियन बनौं’ योजना


काठमाडौं। लक्ष्मी बैंकले 'सेभ लाइक अ च्याम्पियन (बचत गरौ, च्याम्पियन बनौं) योजना संचालनमा ल्याएको छ।

Tata
Global Ime

फिफा विश्वकप फुटबललाई उत्सवको रुपमा मनाउने क्रममा बैंकले बचतको महत्वलाई उजागर गर्न नयाँ योजना सार्वजनिक गरेको हो।

गोल रक्षकद्धार फुटबल खेल जित्नलाई गरिने बचाउ र आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्य साथ  योजना ल्याएको बैंकले जनाएको छ।

अभियानले वर्तमान र भविष्यका दुवै पुस्ताको ‘बचत’ को शक्ति र भावनालाई प्रवर्द्धन एवम प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।

यो अभियान मंसिर ४ गतेदेखि पुस १६ गतेसम्म संचालन हुनेछ।  फिफा विश्वकप फुटबल मंसिर ४ गतेदेखि नै कतारमा सुरु हुँदैछ।

यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिग प्याकेज (बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो शेयर, भाइबर बैंकिङ, इमेल ) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्रदान गरिनेछ।

बचत खाताका अफरहरुका साथै ग्राहकहरुले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्ने बैंकले जनाएको छ।