BIZMANDU
www.bizmandu.com

सोल्टी होटलको व्यवसायमा एग्रेसिभ सुधार, पहिलो त्रैमासमा खुद नाफा सवा ११ करोड

२०७९ कात्तिक २९

सोल्टी होटलको व्यवसायमा एग्रेसिभ सुधार, पहिलो त्रैमासमा खुद नाफा सवा ११ करोड
सोल्टी होटलको व्यवसायमा एग्रेसिभ सुधार, पहिलो त्रैमासमा खुद नाफा सवा ११ करोड


काठमाडौं। सोल्टी होटलको व्यवसायले एग्रेसिभ सुधार लिएको छ। गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा नोक्सानी कम हुँदै नाफामा उल्लेख्य सुधार देखिएको हो। 

Tata
Global Ime

चालु आर्थिक वर्षको पहिलो त्रैमास मै कम्पनीको खुद नाफा ११ करोड २० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सोल्टी होटलले २ करोड ११ लाख रुपैयाँ नोक्सानी ब्योहोर्नु परेको थियो। 

कोभिड-१९ को संक्रमणले जनजीवन प्रभावित रहँदा गत आर्थिक वर्ष होटलको व्यवसायिक गतिविधि तथा क्रियाकलापहरुमा नकारात्मक प्रभाव परेको थियो। यस वर्षदेखि भने कोभिडको त्रास काम हुँदा होटलका व्यवसायिक गतिविधि चलायमान भएका छन्। 

आन्तरिक तथा बाह्य पर्यटकको आगमन साथै गोष्ठी र सभा समारोह आयोजनाको क्रम बढ्दा होटलको व्यवसायमा सकारात्मक प्रभाव देखिएको हो। पोहोर असोजको तुलनामा होटलको कुल व्यवसायिक आम्दानीले पनि फराकिलो छलाङ लिन सफल भएको छ। 

कम्पनीले कुल ४१ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा होटलको कुल आम्दानी १२ करोड ३६ लाख रुपैयाँमा सीमित थियो। 

आम्दानीसँगै कम्पनीका खर्चहरु पनि ह्वात्तै बढेका छन्। पोहोरको तुलनामा सञ्चालन खर्च नै १३७.३३ प्रतिशत बढि छ। खाद्यान्न तथा पेय पदार्थको लागत १०७ प्रतिशत बढेको छ। यस्तै कर्मचारी सेवा सुविधा ८० प्रतिशत र  प्रशासनिक तथा अन्य खर्चका शीर्षक पनि २२४.८४ प्रतिशत बढेको छ। समग्रमा ९९ प्रतिशतले कम्पनीको कुल खर्च बढेको देखिन्छ।

८४ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी भएको सोल्टी होटलको सञ्चित मुनाफा र जगेडा कोषको आकार ९९ करोड ८७ लाख रुपैयाँ छ। सञ्चित मुनाफा र जगेडा कोषको आकार भने अघिल्लो आर्थिक वर्षको तुलनामा ७५.७० प्रतिशत घटेको छ। 

समीक्षा अवधिमा सोल्टी होटलको प्रति सेयर आम्दानी १.३३ रुपैयाँ छ। होटलको प्रति सेयर नेटवर्थ २१.५७ रुपैयाँ छ।