BIZMANDU
www.bizmandu.com

आउटरिच नेपाल ‘साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ द इयर’ को फाइनलमा, चौथो पटकमा जित्ला?

२०७९ कात्तिक २९

आउटरिच नेपाल ‘साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ द इयर’ को फाइनलमा, चौथो पटकमा जित्ला?
आउटरिच नेपाल ‘साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ द इयर’ को फाइनलमा, चौथो पटकमा जित्ला?

काठमाडौं। विज्ञापन एजेन्सी आउटरिच नेपाल दक्षिण एसियाको विज्ञापन बजारका प्रतिनिधि संस्थाहरुको स्पर्धामा चौथोपटक फाइनलमा पुगेको छ। साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ द इयर २०२२ को फाइनलमा पुगेको हो।

Tata
Global Ime

आउटरिच साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ द इयरको क्याटागोरीमा छ। आउटरिचसँगै भारतका तीन र पाकिस्तानको एउटा विज्ञापन एजेन्सी फाइनलमा पुगेका छन्। 

विजेता भने मंसिर १४ गते घोषणा हुनेछ। दक्षिण एसिया क्षेत्रका मार्केटिङ तथा विज्ञापन क्षेत्रमा क्रियाशील प्रतिनिधिहरु बीच विजेता घोषणा हुने बताइएको छ। 

सन् २०१६ मा आउटरिचले यही शीर्षकमा कांस्य पदक हात पारेको थियो। यस्तै, २०१५, २०१६ र २०१७ मा पनि आउटरिच फाइनलमा पुगेको थियो।