BIZMANDU
www.bizmandu.com

राष्ट्रिय बीमा कम्पनीको नाफा १३% घट्यो, बीमा शुल्क संकलनमा भने ११५ प्रतिशतको वृद्धि

२०७९ कात्तिक २९

राष्ट्रिय बीमा कम्पनीको नाफा १३% घट्यो, बीमा शुल्क संकलनमा भने ११५ प्रतिशतको वृद्धि
राष्ट्रिय बीमा कम्पनीको नाफा १३% घट्यो, बीमा शुल्क संकलनमा भने ११५ प्रतिशतको वृद्धि



काठमाडौं। राष्ट्रिय बीमा कम्पनीको नाफा घटेको छ। कम्पनीको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणले यस्तो देखाएको हो। जसमा गत वर्षको तुलनामा कम्पनीको नाफा घटेको छ।

Tata
Global Ime

कम्पनीले सो अवधिमा ५ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष सोही अवधिमा कम्पनीले ६  करोड २० लाख रुपैयाँ आर्जन गरेको थियो। जुन गतवर्षको तुलनामा नाफा १३ प्रतिशतभन्दा बढी घटेको छ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १५ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३६ लाख  रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको  छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको बीमा शुल्क ११५ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा २ करोड ३ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ९ लाख २० हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

कम्पनीले व्यवस्थापन खर्चमा ५ लाख १२ हजार रुपैयाँ खर्च गरेको  छ। अभिकर्ता कमिसनमा २० लाख ७० हजार रुपैयाँ खर्चिएको छ।

२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ३ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ। गतवर्ष सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब १७ करोड रुपैयाँ थियो। कम्पनीको बीमा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ छ। 

साथै कम्पनीको प्रतिसेयर नेटवर्थ १३७९ रुपैयाँ ७० पैसा र प्रतिसेयर आम्दानी २० रुपैयाँ २० पैसा छ।