BIZMANDU
www.bizmandu.com

युनिलिभर नेपालको नाफा ३५ % बढ्यो, व्यवसायमा १२.९ % को वृद्धि हुँदा सवा २ अर्ब आम्दानी

२०७९ कात्तिक ३०

युनिलिभर नेपालको नाफा ३५ % बढ्यो, व्यवसायमा १२.९ % को वृद्धि हुँदा सवा २ अर्ब आम्दानी
युनिलिभर नेपालको नाफा ३५ % बढ्यो, व्यवसायमा १२.९ % को वृद्धि हुँदा सवा २ अर्ब आम्दानी


काठमाडौं।  सप्लाई चेन र बढ्दो मुद्रास्फीतिका बाबजुद बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको नाफा ३४.८ प्रतिशत बढेको छ। नेपाल स्टक एक्सचेन्जको सबै भन्दा मूल्यवान कम्पनी युनिलिभरले चालु आर्थिक वर्षको अन्त्यसम्म ३४ करोड रुपैयाँ खुद नाफा कमाएको हो।

Tata
Global Ime

पोहोर असोजमा नाफा २५ करोड २६ लाख रुपैयाँमा सीमित थियो। गत आर्थिक वर्ष कम्पनीले डेढ अर्ब रुपैयाँ खुद नाफा कमाएको थियो। 

कम्पनीको व्यवसायिक आम्दानीमा सन्तोषजनक सुधार छ। यो अवधिमा कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ आम्दानी गर्‍यो। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९ प्रतिशतको वृद्धि हो। पोहोर असोज मसान्तसम्म कम्पनीले एक अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

कम्पनीका अनुसार ९० प्रतिशत नेपालीले उपभोग गर्ने वस्तु कम्पनीले उत्पादन तथा बिक्री गर्दै आएको छ। नेपालमा उपभोग हुने २८ यस्ता ब्राण्ड युनिलिभरले नै उत्पादन गर्ने गर्छ। कम्पनी लक्स, लाइफब्वाय, रिन, ह्‍वील, पोन्ड्स, भ्यासलिन, सनसिल्क, ल्याक्मे, क्लिनिक प्लस, पेप्सोडेन्ट, क्लोजअप लगायत अन्य ब्राण्डको उत्पादन तथा बिक्री गर्दै आएको छ।
 
यही बीचमा कच्चा पदार्थलगायत खपत एक अर्ब १२ करोड रुपैयाँबाट बढेर एक अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। यो भनेको उत्पादन वृद्धि गर्नु हो। कर्मचारी खर्च पनि ११ करोड ८० लाखबाट बढेर १३ करोड ७८ लाख पुगेको छ।

कम्पनीसँग हाल एक अर्ब ३७ करोड रुपैयाँ अधिकको सम्पत्ति छ। यस्तै, कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ छ भने ३ अर्ब ९० करोड रुपैयाँ अवितरित मुनाफा छ। 

असोज मसान्तसम्मको तथ्यांक अनुसार कम्पनीको प्रति सेयर आम्दानी ३७० रुपैयाँ छ। जुन पोहोर चैतमा २७४ रुपैयाँ थियो। नाफाको बढ्दो आकारले प्रति सेयर आम्दानी पनि बढेको हो। यस्तै, कम्पनीको प्रति सेयर नेटवर्थ पनि ४३३७ रुपैयाँ पुगेको छ।