BIZMANDU
www.bizmandu.com

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले गरे लाभांश घोषणा, प्राथमिकतामा नगद लाभांश

२०७९ कात्तिक ३०

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले गरे लाभांश घोषणा, प्राथमिकतामा नगद लाभांश
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले गरे लाभांश घोषणा, प्राथमिकतामा नगद लाभांश

काठमाडौं। एकअर्काबिच मर्जरको प्रारम्भिक सम्झौता गरिसकेका नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेका छन्।

Tata
Global Ime

पोहोरको नाफाबाट नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत र मेगा बैंकले ७.८३ प्रतिशत लाभांश बाढ्ने प्रस्ताव अघि सारेका छन्।

नेपाल इन्भेष्टमेन्टको सञ्चालक समितिले कायम चुक्ता पुँजीको ७ प्रतिशत नगद र बाँकी ४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ।

यस्तै, मेगा बैंकले ३.८३ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर दिने जनाएको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र बैंकहरुको आगानी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन्।

नेपाल इन्भेष्टमेन्ट बैंकलाई मेगा बैंक नेपाल गाभ्न केन्द्रीय बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ। प्रति सेयर ९० रुपैयाँका दरले नेपाल इन्भेष्टमेन्ट बैंकले मेगालाई गाभ्न लागेको हो।