BIZMANDU
www.bizmandu.com

बिहेको सिजन सुरु हुँदा बढ्दै सुनको भाउ, बुधबार पनि सामान्य वृद्धि, चाँदीमा ३० रुपैयाँ घट्यो

२०७९ कात्तिक ३०

बिहेको सिजन सुरु हुँदा बढ्दै सुनको भाउ, बुधबार पनि सामान्य वृद्धि, चाँदीमा ३० रुपैयाँ घट्यो
बिहेको सिजन सुरु हुँदा बढ्दै सुनको भाउ, बुधबार पनि सामान्य वृद्धि, चाँदीमा ३० रुपैयाँ घट्यो



काठमाडौं। बिहेको सिजन सुरु हुँदै गर्दा सुनको भाउ लगातार बढिरहेको छ। बुधबार पनि सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
Global Ime

मंगलबार सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले तल झरेको छ। बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १३ सय २५ रुपैयाँ पुगेको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १७७४.०४ डलरमा कारोबार भइरहेको छ। चाँदीको भाउ प्रतिऔंस २१.५५ डलर छ। मंगलबार सुन प्रतिऔंस १७७२.७३ डलर र चाँदी २२.०७ डलर थियो।