BIZMANDU
www.bizmandu.com

सिद्धार्थ इन्स्योरेन्सले हालसम्मकै कम लाभांश घोषणा गर्‍यो, मर्जर सकिएपछि मात्र लाभांश वितरण

२०७९ कात्तिक ३०

सिद्धार्थ इन्स्योरेन्सले हालसम्मकै कम लाभांश घोषणा गर्‍यो, मर्जर सकिएपछि मात्र लाभांश वितरण
सिद्धार्थ इन्स्योरेन्सले हालसम्मकै कम लाभांश घोषणा गर्‍यो, मर्जर सकिएपछि मात्र लाभांश वितरण

काठमाडौं। सिद्धार्थ इन्स्योरेन्सले हालसम्मकै कम लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि ९.५ प्रतिशत लाभांश दिने जनाएको छ।

Tata
Global Ime

इन्स्योरेन्सको सञ्चालक समितिले नगद मात्र दिने निर्णय गरेको हो। प्रस्तावित लाभांश दर हाल कायम चुक्ता पुँजीमा हो।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २८ करोड ८० लाख रुपैयाँ छ।सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा गाभिने तयारीमा छन्। प्रिमियरको चुक्ता पुँजी एक अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाबाट पारित हुनुपर्छ। तर मर्जरको कार्य समाप्तिपछि मात्र लाभांश सेयरधनीले पाउनेछन्।