BIZMANDU
www.bizmandu.com

महालक्ष्मी लाइफको पहिलो त्रैमासमा पौने ४० करोड खुद बीमा शुल्क आर्जन, यस्तो छ अरु वित्तीय अवस्था

२०७९ कात्तिक ३०

महालक्ष्मी लाइफको पहिलो त्रैमासमा पौने ४० करोड खुद बीमा शुल्क आर्जन, यस्तो छ अरु वित्तीय अवस्था
महालक्ष्मी लाइफको पहिलो त्रैमासमा पौने ४० करोड खुद बीमा शुल्क आर्जन, यस्तो छ अरु वित्तीय अवस्था



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा ३९ करोड ८४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। 
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले  ३२ करोड ५२ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो।

Tata
Global Ime

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा २२. ५१ प्रतिशतको वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ३ करोड २६ लाख रुपैयाँ खुद नाफामा रहेको छ।

गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी २ करोड ५४ लाख मात्र नाफामा थियो। कम्पनीको नाफा  २८.२१ प्रतिशतले २१ वृद्धि भएको छ।

कम्पनीले ६ करोड २९ लाख खुद दावी भुक्तानी गरेको छ। दावी भुक्तानी गत आर्थिक वर्षको पहिलो त्रैमासको भन्दा ३६ .५२ प्रतिशले बढेको छ। कम्पनीले सोही अवभिमा अझै २ करोड १० लाख दावी भुक्तानी गर्न बाँकी छ। 

चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको अभिकर्ता कमिशनमा भने कमी आएको  छ। जसमा कम्पनीले  ६ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ। गत वर्षको तुलनामा कम्पनीको अभिकर्ता कमिशन रकम २.३३ प्रतिशतले घटेको हो।

लगानी कर्जा तथा अन्यबाट ५ करोड ३७ लाख रुपैयाँ र बीमालेख धितो कर्जाबाट ६३ लाख रुपैयाँ आय गरेको  छ। २ अर्ब १० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ३१ करोड ७४ लाख संचित छ।  

कम्पनीको जगेडा कोष ५२ प्रतिशले बढेको छ। कम्पनीको जीवन बीमा कोष ५६.३३ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ४० करोड पुगेको छ। महाविपत्ती कोषमा ३६ करोड रुपैयाँ जम्मा छ।