BIZMANDU
www.bizmandu.com

रिम्याक नेभेरा हाइपर विश्वको सबैभन्दा फास्टेस्ट इलेक्ट्रिक कार, टप स्पिड ४११ किमी प्रतिघण्टा

२०७९ कात्तिक ३०

रिम्याक नेभेरा हाइपर विश्वको सबैभन्दा फास्टेस्ट इलेक्ट्रिक कार, टप स्पिड ४११ किमी प्रतिघण्टा
रिम्याक नेभेरा हाइपर विश्वको सबैभन्दा फास्टेस्ट इलेक्ट्रिक कार, टप स्पिड ४११ किमी प्रतिघण्टा


काठमाडौं। रिम्याक नेभेरा विश्वको सबैभन्दा फास्टेस्ट इलेक्ट्रिक कार बनेको छ। यो हाइपर कारले संसारको सबैभन्दा फास्टेस्ट इलेक्ट्रिक कार भएको दाबी गरेको छ। यसको टप स्पिड ४११ किलोमिटर प्रतिघण्टा सम्म पुग्नेछ।

Tata
Global Ime

यो नयाँ कीर्तिमान जर्मनीको अटोमोटिभ टेस्टिङ पापेनबर्ग ट्र्याकमा सेट गरिएको थियो।

यो कार दुई सिटको कूप डिजाइनमा उत्पादन गरिएको छ। यसमा चारवटा इलेक्ट्रिक मोटरहरू छन्। यो मोटरहरु प्रत्येक पाङ्ग्रामा राखिएको छ। यी चारवटै मोटरले कुल १४२७ किलोवाट पावर उत्पादन गर्छ।

यसमा १२० किलोवाट क्षमताको ब्याट्री राखिएको छ। सो ब्याट्रीले एक पटकको फुल चार्जमा ५४७ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।