BIZMANDU
www.bizmandu.com

शिखर इन्स्योरेन्सले पहिलो त्रैमासमा साढे १३ करोड नाफा गर्‍यो, बीमा शुल्क आर्जन ४५ करोड

२०७९ कात्तिक ३०

शिखर इन्स्योरेन्सले पहिलो त्रैमासमा साढे १३ करोड नाफा गर्‍यो, बीमा शुल्क आर्जन ४५ करोड
शिखर इन्स्योरेन्सले पहिलो त्रैमासमा साढे १३ करोड नाफा गर्‍यो, बीमा शुल्क आर्जन ४५ करोड


Tata
Global Ime

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७९ /८० को प्रथम त्रैमासमा खुद बीमा शुल्क थोरैले बढेको  छ। कम्पनीले जारी  गरेको वित्तीय विवरण अनुसार बीमा शुल्क १.५४ प्रतिशले बढेको हो।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४५ करोड १८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सो अवधिमा  कम्पनीले ४४ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा १३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्ष १३ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको  थियो। कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ०.८९ प्रतिशतले वृद्धि भएको छ।

यो अवधिमा कम्पनीले १८ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी २० प्रतिशतले  बढेको छ ।

लगानी कर्जा तथा अन्यबाट ७ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ। २ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ७५ करोड ७१ लाख रुपैयाँ संचिति रहेको छ। बीमा कोष १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ रहेको छ। गत वर्ष बीमा कोषको आकार १ अर्ब ३६ करोड २० लाख रुपैयाँ थियो। गत वर्षको तुलनामा बीमा कोषको आकार ११.५४ प्रतिशतले  वृद्धि भएको छ।

यो अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २३ रुपैयाँ ६० पैसा रहेको छ। प्रति सेयर नेटवर्थ २ सय १० रुपैयाँ ५९ पैसा रहेको छ।