BIZMANDU
www.bizmandu.com

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३ गुणाले बढ्यो, बीमा शुल्कमा ४२ प्रतिशतको वृद्धि

२०७९ कात्तिक ३०

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३ गुणाले बढ्यो, बीमा शुल्कमा ४२ प्रतिशतको वृद्धि
सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३ गुणाले बढ्यो, बीमा शुल्कमा ४२ प्रतिशतको वृद्धि



काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको तीन महिनामा उल्लेख्य रुपमा नाफा गर्न सफल भएको छ।

Tata
Global Ime

कम्पनीको यो अवधिमा नाफा ३ गुणा अर्थात १९९.४१ प्रतिशले वृद्धि भएको छ। जसमा कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १५ करोड रुपैयाँको नाफा आर्जन गरेको छ। गत वर्ष सो अवधिमा कम्पनीले ५ करोड रुपैयाँ नाफा गरेको थियो।

कम्पनीले ८२ करोड ४७ लाख रुपैयाँको खुद बीमा शुल्क संकलन गरेको छ। गत वर्ष सोही अवधिमा ५७ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो जुन ४३.४७ प्रतिशतले बढेको देखिएको छ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ छ। जगेडा कोष ६० करोड ४८ लाख रुपैयाँ सञ्चित छ। जीवन बीमा कोषमा ३ अर्ब ९६ करोड रुपैयाँ जम्मा छ।

त्यस्तै कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा दाबी भुक्तानीमा पनि धेरै गरेको छ। गत वर्ष प्रथम त्रैमासमा ७ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेकोमा चालु आर्थिक वर्षको सो अवधिमा २४ करोड ३० लाख रुपैयाँ छ। कम्पनीले अझै ३७ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ  ।

लगानी कर्जा तथा अन्यबाट ६ करोड २२ लाख रुपैयाँ र बीमालेख धितोमा राखेर कर्जाबाट ३८ लाख रुपैयाँ आम्दानी गरेको छ। अभिकर्ता कमिसनमा कम्पनीले ८ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ।

व्यवस्थापन खर्च गत वर्षको भन्दा घटेको छ। चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ८३ लाख रुपैयाँ रुपैयाँ खर्चिएको छ।