काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सो अवधिमा एक अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।
गत वर्ष कम्पनीले एक अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको थियो। गत वर्षको तुलनामा बीमा शुल्क आर्जन १२.७९ प्रतिशतले बढेको छ। दाबी भुक्तानी ४० करोड ५३ लाख रुपैयाँ गरेको छ। गत वर्ष २४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। कम्पनीले ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७० करोड रुपैयाँ नाफा कमाएको छ जुन गत वर्षको भन्दा १३ प्रतिशतले वृद्धि भएको हो ।
अभिकर्ता कमिसनमा २० करोड र व्यवस्थापन खर्चमा १ करोड रुपैयाँ खर्चिएको छ।
चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ९३ करोड ४९ लाख रुपैयाँ संचित छ। जीवन बीमा कोषमा ६ अर्ब ६३ करोड रुपैयाँ छ।महा विपत्ती कोषमा १० करोड रुपैयाँ छ।