BIZMANDU
www.bizmandu.com

अजोड र प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नाफा बढाए, यस्तो छ वित्तीय विवरण

२०७९ कात्तिक ३०

अजोड र प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नाफा बढाए, यस्तो छ वित्तीय विवरण
अजोड र प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नाफा बढाए, यस्तो छ वित्तीय विवरण


काठमाडौं। मर्जर सहमति गरेको अजोड र प्रभु इन्स्योरेन्सको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नाफामा वृद्धि भएको छ ।

Tata
Global Ime

प्रभु  इन्स्योरेन्सले सो अवधिमा ७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने अजोड इन्स्योरेन्सले एक करोड २७ लाख रुपैयाँको नाफा आर्जन गरेको छ।

चालु आर्थिक वर्षको प्रथम तीन महिनामा प्रभु इन्स्योरेन्सले २४ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकनल गर्दा अजोड इन्स्योरेन्सले १७ करोड रुपैयाँ संकलन गरेको देखिएको छ। 

प्रभु इन्स्योरेन्सले यो अवधिमा ५ करोड १७ लाख रुपैयाँ र अजोडले ८ करोड ७० लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । चालु आर्थिक वर्षमा प्रभुले ८६ करोड रुपैयाँ र अजोडले एक अर्ब दाबी भुक्तानी गर्न बाँकी छ ।

अभिकर्ता कमिसनमा अजोडले ९८ लाख र प्रभुले ६९ लाख रुपैयाँ खर्च गरेका छन् ।

चालु आर्थिक वर्षको तीन महिनामा प्रभु इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ छ। अजोडको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ । बीमा कोषमा प्रभुको  ९४ करोड रुपैयाँ  छ भने अजोडको उक्त कोषमा १७ करोड ७३ लाख रुपैयाँ  देखिएको छ  ।

बीमा प्राधिकरणको निर्देशन अनुसार यी दुई कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब रुपैयाँ  पुर्याउन थप रकम अपुग छ ।