BIZMANDU
www.bizmandu.com

भारतबाट पेट्रोलमा प्रति लिटर ३.१६ रुपैयाँ मूल्य बढेर आउँदा डिजलमा भने १.३० पैसा घट्यो

२०७९ कात्तिक ३०

भारतबाट पेट्रोलमा प्रति लिटर ३.१६ रुपैयाँ मूल्य बढेर आउँदा डिजलमा भने १.३० पैसा घट्यो
भारतबाट पेट्रोलमा प्रति लिटर ३.१६ रुपैयाँ मूल्य बढेर आउँदा डिजलमा भने १.३० पैसा घट्यो


काठमाडौं। भारतबाट १५ दिनमा आउने नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य फेरी बढेर आएको छ। तर डिजलको भने यो पटक मूल्य घटेर आएको छ।

Tata
Global Ime

नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटबढसँगै ईन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर ३.१६ रुपैयाँ बढेर आएको छ। यस्तै डिजलमा भने प्रति लिटर १.३० रुपैयाँ मूल्य घटेर आएको निगमले जनाएको छ।

यो नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १०.७६ रुपैयाँ नाफा हुनेछ। यस भन्दा अघिल्लो पटक पेट्रोलमा १३.९२ रुपैयाँ नाफा रहेकाले निगमको नाफा १५ दिनमा १८ करोड रुपैयाँ रहेको थियो। यस्तै डिजलमा यसभन्दा अघिदेखि नै १२.१३ रुपैयाँ घाटामा रहेकाले अब डिजलमा प्रतिलिटर १०.८३ रुपैयाँ घाटा यथावत रहने निगमले जनाएको छ।

अब भने निगम यसरी नै खपत कम भइरहेमा ब्रेक इभनमा हुने निगमले जनाएको छ। निगमका अनुसार इन्धनको माग बढेमा निगम अबको १५ दिनमा लगभग १५-२० करोड रुपैयाँ घाटामा जानेछ। माग स्थिरमा रहे निगम यो पटक ब्रेक इभनमा हुनेछ।

गत वर्षको तुलनामा हाल इन्धनको खपत साढे ७ प्रतिशतले घटेको छ। पेट्रोलियम पदार्थको मूल्य भने एक वर्षको अवधिमा ६० प्रतिशत भन्दा धेरैले मूल्यवृद्धि भएको छ।