BIZMANDU
www.bizmandu.com

मन्दीको असर औद्योगिक क्षेत्रमा, नयाँ लगानी आएन, कात्तिकमा जम्मा ३ वटा उद्योग दर्ता

२०७९ मंसिर १

मन्दीको असर औद्योगिक क्षेत्रमा, नयाँ लगानी आएन, कात्तिकमा जम्मा ३ वटा उद्योग दर्ता
मन्दीको असर औद्योगिक क्षेत्रमा, नयाँ लगानी आएन, कात्तिकमा जम्मा ३ वटा उद्योग दर्ता

काठमाडौं। उद्योग विभागमा चार महिनामा ८९ उद्योग दर्ता भएका छन्। ८९ उद्योगबाट ९० अर्ब ३० करोड लगानी प्रतिबद्धता आएको हो। 

Tata
Global Ime

उद्योग विभागका अनुसार कात्तिक महिनामा ३ उद्योग मात्रै दर्ता भएका छन्। यी उद्योगबाट ६ हजार १ सय १४ जनालाई रोजगारी दिने उल्लेख छ। 
यो अवधिमा २० वटा विदेशी लगानी स्वीकृत भएको छ। जसमा २ अर्ब २८ करोड लगानी प्रतिबद्धता आएको छ। 

कात्तिक महिनासम्म दर्ता भएका उद्योगमा २८ वटा ठूला उद्योग रहेका छन्। यस्तै  ३१ वटा मझौला उद्योग दर्ता भएका छन् भने ३० वटा साना उद्योग दर्ता भएका छन्।