BIZMANDU
www.bizmandu.com

बेवारिसे अवस्थामा डेढ करोड रुपैयाँ बराबरको मदिरा र चुरोट भेटियो!, रसुवा ड्राइपोर्टबाट बरामद

२०७९ मंसिर १

काठमाडौं। सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झन्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

Tata
Global Ime

भन्सार छली सीमा इलाकाको अस्थायी ड्राईपोट रसुवामा राखिएको अवस्थामा बिहीबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ कमान्डको संयुक्त टोलीले सो सामान बरामद गरेको प्रहरीले जनाएको छ।

अवैध रूपले चोरी पैठारी गरी ल्याइएको सामानमा महँगा मदिरा, चुरोट लगायतका रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवालाई अवैध सामानबारे गोप्य सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी निरीक्षक गुरुङ कमान्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो।

बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ। निर्वाचनको मौका छोपी हुन सक्ने अवैध क्रियाकलाप रोक्न उत्तरी सीमा नाकामा समेत सशस्त्र प्रहरी बल नेपालले विशेष निगरानी गरिरहेको छ।