BIZMANDU
www.bizmandu.com

अन्य क्षेत्र टिक्न सघर्ष गरिरहँदा पर्यटन क्षेत्रमा देखिएन असर, होटलको सेयरमा आकर्षण


अन्य क्षेत्र टिक्न सघर्ष गरिरहँदा पर्यटन क्षेत्रमा देखिएन असर, होटलको सेयरमा आकर्षण
अन्य क्षेत्र टिक्न सघर्ष गरिरहँदा पर्यटन क्षेत्रमा देखिएन असर, होटलको सेयरमा आकर्षण


काठमाडौं। महँगिएको अमेरिकी मुद्राको सटही र चर्को ब्याजदरका बाबजुद होटलको व्यापारमा भने उछाल देखिएको छ। मन्दीका कारण अन्य क्षेत्र टिक्नका लागि संघर्ष गरिरहँदा होटल क्षेत्रको व्यापार उत्साहजनक छ।

Tata
Global Ime

उत्पादन र प्रशोधन उद्योग आधा क्षमतामा संचालनमा छन्। होटलको अकुपेन्सी भने शतप्रतिशत छ, त्यो पनि फेब्रुअरीसम्म। होटलमा पर्यटक उत्साहजनक रहेकोले नाफा पनि राम्रो छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका होटलहरुको नाफा बढेकै कारण लगानीकर्ताको आकर्षण बढ्न थालेको छ।

पहिलो तीन महिनाको अवधिमा मात्रै सूचीकृत कम्पनीको एकीकृत नाफा १६ करोड रुपैयाँ नाघ्यो। पोहोर सोही अवधिमा अधिकांश नोक्सानीमा थिए। मुख्यरुपमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन साथै गोष्ठी र सभा समारोह बढ्दा होटलहरुको व्यवसायमा सकारात्मक असर पर्‍यो। 

आम्दानीले फराकिलो छलाङ लिएलगत्तै नाफा ‘भी सेप’मा रिकभर भएको छ। पोहोर असोजमा २७ करोड ५६ लाख रुपैयाँमा सीमित कुल आम्दानी असोजसम्म ९७ करोड ८२ लाख रुपैयाँ पुग्यो। गुणात्मक वृद्धि आम्दानी तथा कारोबारमा देखिन्छ।     

मुख्यतया: कोभिड-१९ को प्रकोप लगत्तै विश्व उड्डयनसँगै पर्यटन क्षेत्र ठप्प भएको थियो। अन्तर्राष्ट्रिय पर्यटन गतिहिन हुँदा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको थियो। जसमा पुनरागमन गर्दै व्यवसाय अहिले कोभिडअघिकै अवस्थानजिक पुगेको पर्यटन एवं होटल संचालकहरुको विश्लेषण छ।

‘रेभेन्यु फोकस्ड बिजनेश प्लान तयार गरेर हामी अगाडि बढेका हौं। खर्च नियन्त्रणमा पनि हाम्रो ध्यान केन्द्रित रह्यो,’ सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईँले बिजमाण्डूसँग भने, ‘प्रतिकुल अवस्थाका बाबजुद चुस्त व्यवसाय सञ्चालनमा नै विशेष चासो दिइयो।’ 

चापागाईँका अनुसार अन्तराष्ट्रिय पर्यटक भित्र्याउन चालिएका रणनीतिक योजनाले पनि पर्यटक आगमनको चहलपहल उल्लासमय देखिएको हो। सोल्टीले अन्तर्राष्ट्रिय प्रचारमा समेत रकम छुट्याइएको उनले स्पष्ट पारे। 

अहिले चालु वर्षको पहिलो त्रैमासको वित्तीय प्रतिवेदनहरु प्रकाशित हुँदै गर्दा सुदृढ वित्तीय प्रगति देखिएका यी कम्पनीप्रति लगानीकर्ताको भरोसा बढेको छ। यससँगै बजार अस्थिर भएको अवस्थामा समेत सेयर लगानीकर्ताहरुको पोर्टफोलियोको प्राथमिकतामा परेको कारोबार विवरणबाट देखिन्छ। 

पर्यटक आगमन

पहिलो त्रैमासमा

२०७७/७८

321449

२०७८/७९

2876

२०७९/८०

39099

२०७८/७९

188200

पछिल्लो दुई आर्थिक वर्षदेखि सुस्त पर्यटकीय चहलपहलमा पनि उल्लेखनीय सुधार देखिन्छ। पछिल्लो तीन महिनामा मात्रै एक लाख ८८ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। परिणाम स्वरुप सेयर बजारका सूचीकृत कम्पनी मात्र नभएर समग्र पर्यटन उद्योग रिभाइभ भएको व्यवसायीहरुको टिप्पणी छ।  

वाह्य पर्यटकसँगै आन्तरीक पर्यटकको चहलपहल पनि ह्वात्तै बढेपछि उत्साहजन वृद्धि व्यवसायमा देखियो। आन्तरिकसाथै विशेषगरी छिमेकी मुलुक भारतबाट आउने पर्यटकको संख्यामा उल्लेख्य सुधार छ। धर्मावलम्बीसहित पर्वतारोहण र पदयात्राका लागि आउनेहरु पनि उत्तिकै भएको जानकारहरु बताउँछन्।

बढ्दो पर्यटकीय आगमनले गर्दा आउँदो जनवरीसम्म होटलहरु खचाखच रहेको मेरियट होटल सञ्चालक शशीकान्त अग्रवालले बिजमाण्डूसँग भने। व्यवसाय पूर्णरुपमा सञ्चालन गरिरहेको उनले जिकिर गरे। यद्यपी सिजनल व्यवसायमा मात्रै केन्द्रित नभएर पर्यटकीय आगमनको ग्राफ निरन्तर उकालो लाग्नुपर्ने अग्रवालको तर्क छ।

‘सिजनल व्यवसायको विन्डोलाई कुरेर मात्र वर्षभर बस्नु उचित होइन। पर्यटकलाई अन्य विभिन्न मनोरञ्जनात्मक र सहासिक प्रडक्टहरुको अनुभव दिन उत्तिकै आवश्यक छ,’ उनले भने, ‘हवाई दर र पर्यटन सम्भावना भएका मुलुकमा डाइरेक्ट उडान लगायतलाई पनि ध्यानदिन जरुरी देखिन्छ।’  

पहिलो त्रैमास

नाफा

आम्दानी

सेयर मूल्य

कम्पनी

२०७६/७७

२०७७/७८

२०७८/७९

२०७९/८०

२०७६/७७

२०७७/७८

२०७८/७९

२०७९/८०

२०७६/७७

२०७७/७८

२०७८/७९

२०७९/८०

सोल्टि होटल

         29,526

       (79,317)

      (21,166)

     112,006

      316,467

         51,350

      123,678

     413,273

               207

               185

        226.90

203

ओरियण्टल होटल

         13,112

       (58,724)

      (56,362)

        11,196

      192,831

           2,514

        36,503

     196,984

               513

               308

              497

              449

तारागाउँ रिजेन्सी

         14,669

       (78,981)

      (45,541)

        24,671

      204,727

               100

           5,311

     181,551

               187

               248

              358

320

चन्द्रागिरि होटल

 

       (87,159)

      (38,721)

        13,107

 

           4,420

        81,570

     186,422

 

 

           1,287

953

इन्डष्ट्रि

         57,307

    (304,181)

    (161,790)

     160,980

      714,025

         58,384

      247,062

     978,230