BIZMANDU
www.bizmandu.com

एनआईसी एशिया बैंकमा भिडियो केवाइसीबाटै ग्राहकको केवाइसी अद्यावधिक गर्न सकिने, यस्तो छ तरिका

२०७९ मंसिर १

एनआईसी एशिया बैंकमा भिडियो केवाइसीबाटै ग्राहकको केवाइसी अद्यावधिक गर्न सकिने, यस्तो छ तरिका
एनआईसी एशिया बैंकमा भिडियो केवाइसीबाटै ग्राहकको केवाइसी अद्यावधिक गर्न सकिने, यस्तो छ तरिका


काठमाडौं। एनआईसी एशिया बैंकमा अब भिडियो केवाइसीबाटै ग्राहकको केवाइसी विवरण अद्यावधिक गर्न सकिने भएको छ।

Tata
Global Ime

घर वा अफिसबाटै आफ्नो खाताको केवाइसी विवरण अद्यावधिक गर्न सकिने नयाँ सुविधाको प्रयोग गर्न ग्राहकले बैंकको वेबसाइटमा रहेको अनलाइन एप्लिकेसन ट्याब गरी इ-केवाइसी छनौट गर्नु पर्ने हुन्छ।

आफ्नो खाता नम्बर तथा केवाइसी अद्यावधिकको कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी सम्मिट गर्नुपर्नेछ।

त्यसपछि ग्राहकले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा भिडियो कलमार्फत केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सक्ने छन् वा बैंकिङ्ग समयमा भिडियो कलको लागि एपोइन्टमेन्ट बुक गरी त्यो समयमा केवाइसी विवरण अद्यावधिक गर्न सकिनेछ।

बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहकको लागि अनलाईनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको सुरुवात गरिसकेको छ।

ग्राहकले भिडियो केवाइसीका लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/ पासपोर्ट/ ड्राइभिङ लाइसेन्स/ मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात भिडियो कलमार्फत देखाउनु पर्छ।

यसरी भिडियो केवाइसीमार्फत केवाइसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्ने छन्।

स्वदेश वा विदेशमा रहेका ग्राहकलाई भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सकिने हुँदा यसबाट ग्राहकलाई उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थिति हुनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको विज्ञप्तिमा उल्लेख गरेको छ।