BIZMANDU
www.bizmandu.com

प्रभु बैंकले ८ प्रतिशत लाभांश प्रस्ताव गर्‍यो, बोनस सेयर साढे ६%, पुँजी साढे ८२ करोडले बढ्ने

२०७९ मंसिर २

प्रभु बैंकले ८ प्रतिशत लाभांश प्रस्ताव गर्‍यो, बोनस सेयर साढे ६%, पुँजी साढे ८२ करोडले बढ्ने
प्रभु बैंकले ८ प्रतिशत लाभांश प्रस्ताव गर्‍यो, बोनस सेयर साढे ६%, पुँजी साढे ८२ करोडले बढ्ने

काठमाडौं। प्रभु बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई बोनस सेयर दिने भएको छ। बैंकले साढे ६ प्रतिशत बराबरको बोनस सेयर दिने भएको हो।

Tata
Global Ime

शुक्रबार बैंकले एक सूचना जारी गर्दै गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी १२ अर्ब ७० करोडको ८७ लाखको ६.५० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो। यसबाट बैंकको पुँजी ८२ करोड ६० लाख रुपैयाँले बढ्ने छ। 

बैंकले कर प्रयोजनसहित १.५० प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकले नगद १९ करोड ६ लाख रुपैयाँ वितरण गर्ने छ।

लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २१औं वार्षिक साधारण सभाले स्वीकृत गरेपछि लगानीकर्ताले पाउने छन्।

सेञ्चुरी बैंकलाई गाभ्ने प्रकृयामा रहेको प्रभुले वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो।