BIZMANDU
www.bizmandu.com

१२ करोड बराबरको आइपीओ जारीका लागि कालिन्चोक दर्शनले सेबोनबाट पायो स्वीकृति

२०७९ मंसिर २

काठमाडौं। नेपाल धितोपत्र बोर्डले १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न कालिन्चोक दर्शन लिमिटेडलाई स्वीकृति दिएको छ। बोर्डले कम्पनीलाई गत कात्तिक २३ गते १२ करोड बराबरको १२ लाख कित्ता आइपीओ निष्काशनका लागि स्वीकृति दिएको हो।

Tata
Global Ime

कम्पनीको सेयर बिक्री प्रबन्धकमा  नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ।

कम्पनीका अनुसार चुक्ता पुँजीको २० प्रतिशत आइपीओ जारी गर्न लागेको हो।यो कम्पनीले कालिन्चोक भगवती मन्दिर पुग्न केवलकार निर्माण गरेको छ।

आधा अर्ब लगानीमा तयार भएको केवलकार दुई वर्ष अघि संचालनमा आएको हो। यो कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी हुन्।