BIZMANDU
www.bizmandu.com

नेपाल वायुसेवा निगम डुबाउने अर्को निर्णय, काठमाडौं-दिल्ली-भैरहवा उडानले थप आर्थिक भार

२०७९ मंसिर २

नेपाल वायुसेवा निगम डुबाउने अर्को निर्णय, काठमाडौं-दिल्ली-भैरहवा उडानले थप आर्थिक भार
नेपाल वायुसेवा निगम डुबाउने अर्को निर्णय, काठमाडौं-दिल्ली-भैरहवा उडानले थप आर्थिक भार


काठमाडौं। नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने भएको छ। दिल्लीमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि संचालक समितिले दिल्ली उडान स्वीकृत गरेको हो।

Tata
Global Ime

नेपाल नागरिक उड्डयन प्राधिकरणले बाध्यकारी व्यवस्था गरेपछि निगमले भैरहवा-दिल्ली उडान गर्न लागेको हो। निगमको जहाज काठमाडौंबाट दिल्ली र दिल्लीबाट भैरहवा जानेछ। त्यसपछि सोही जहाज काठमाडौं आउनेछ।

निगम संचालक समितिले स्वीकृत गरेको यो रुट व्यवसायिक रुपमा उपयुक्त भने देखिँदैन। काठमाडौं-दिल्लीको उडान १ घण्टा २५ मिनेटको हुनेछ। तर त्यही जहाज भैरहवा जाँदा अतिरिक्त १० मिनेट समय लाग्छ।

भैरहवाबाट काठमाडौं आउँदा अतिरिक्त २५ मिनेट समय लाग्ने भएकाले व्यवसायिक रुपमा भार पर्नेछ। 'निगमले दिल्लीबाट भैरहवा उडान गर्ने निर्णय अपरिपक्व छ। यसले आर्थिक रुपमा संकट ब्योहोरेको निगमलाई थप समस्यामा पार्छ। यो निगमलाई डुबाउने खेल हो,' निगमका एक कर्मचारीले भने, 'बरु काठमाडौंबाट भैरहवा हुँदै दिल्ली र दिल्लीबाट भैरहवा हुँदै काठमाडौंको रुट राख्नुपर्थ्यो। त्यसरी उडान गर्दा भैरहवा जाने र भैरहवाबाट आउने यात्रुलाई समेत ल्याएर प्रोफिटेबल रुटको विकास गर्न सकिन्थ्यो।'

उनका अनुसार यसरी उडान गर्दा भैरहवामा आन्तरिक वायुसेवा कम्पनीको कार्टेलिङ समेत तोडिन्थ्यो। 'अहिले नारायणगढ-बुटवलको सडक बिग्रिएकाले भैरहवा उडानमा ठूलो चाप छ। त्यही चापलाई हेरेर आन्तरिक वायुसेवा कम्पनीले कार्टेलिङ गरेर भाडा तय गरिरहेका छन्,' उनले भने, 'सरकारी संस्थाले यस्तै कार्टेलिङमा हस्तक्षेप गरेर जनतालाई राहत दिने हो। यो रुटमा ठूलो जहाज उड्ने बित्तिकै कार्टेलिङ हट्ने र निगमलाई पनि व्यवसायिक रुपमा फाइदा हुनसक्थ्यो।' ती कर्मचारीका अनुसार यही अवधारणामार्फत गौतम बुद्धहुँदै श्रम गन्तव्यमा निगमले उडान गर्दा राम्रो हुन्छ।