BIZMANDU
www.bizmandu.com

नेपाल पुनर्बीमा कम्पनीले कोभिड दाबी भुक्तानीका लागि थप रकम नदिने, ‘हाम्रो जिम्मा होइन’

२०७९ मंसिर २

नेपाल पुनर्बीमा कम्पनीले कोभिड दाबी भुक्तानीका लागि थप रकम नदिने, ‘हाम्रो जिम्मा होइन’
नेपाल पुनर्बीमा कम्पनीले कोभिड दाबी भुक्तानीका लागि थप रकम नदिने, ‘हाम्रो जिम्मा होइन’


Tata
Global Ime

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले कोभिड दाबी भुक्तानीको लागि थप रकम नदिने निर्णय गरेको छ। कम्पनीले यस अघिनै एक अर्ब रुपैयाँ कोभिड दाबी भुक्तानीको लागि दिइसकेको छ। 

 पछिल्लो समय नेपाल सरकारले आफ्नो दायित्व रहेको कोभिड दाबी भुक्तानी तिर्न एक अर्ब रुपैयाँ निकासा गरेको थियो।

सरकारले एक अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानी बाँकी बीमा प्राधिकरणले ८ प्रतिशत, निर्जीवन  बीमा कम्पनीले २५ प्रतिशत र पुनर्बीमा कम्पनीले करिब  ४५ प्रतिश रकम तिर्नुपर्ने निर्देशन दिएको थियो। सरकारले निकासा गरेको एकअर्ब रुपैयाँमा थप ८१ करोड रुपैयाँसहित कोभिड दाबी भुक्तानी दिने बीमा प्राधिकरणले जनाएको थियो।

कम्पनीको भागमा परेको १२ प्रतिशत अर्थात २१ करोड रुपैयाँ दिन नसकिने जनाएको छ। कम्पनीका अध्यक्ष रविन्द्र घिमिरेले कोभिड रकम भुक्तानीको जिम्मा आफ्नो नभएको र सामाजिक उत्तरदायित्व अनुसार एक अर्ब रुपैयाँ सरकारलाई दिएको जिकिर गरे। उनले व्यवसायिक संस्था भएकाले यति ठूलो रकम भुक्तानी गर्दा सेयरधनीलाई प्रतिफल दिन नसकिने समेत स्पस्ट पारे।