BIZMANDU
www.bizmandu.com

सानिमा बैंकः सञ्चालनमा गैरआवासीय नेपालीको बलियो सञ्जालले रणनीतिक


सानिमा बैंकः सञ्चालनमा गैरआवासीय नेपालीको बलियो सञ्जालले रणनीतिक
सानिमा बैंकः सञ्चालनमा गैरआवासीय नेपालीको बलियो सञ्जालले रणनीतिक


काठमाडौं। व्यवसाय बिस्तारमा रणनीतिक हिसाबले चल्ने ठूला वाणिज्य बैंकको प्रतिष्पर्धीस्वरुप सानिमा बैंक स्थापित भएको छ। सुरुवातदेखि नै यसले अप्ठ्यारो परिस्थितिलाई अवसरमा बदल्न सफल देखिएको छ।

Tata
Global Ime

बैंकिङ जगतमा झन्डै दुई दशक लामो इतिहास र विकास बैंकको अब्बल दर्जाबाट स्तरोन्नति हुँदै वाणिज्य बैंकको वर्गमा अपग्रेड भएको सानिमाको लोभ लाग्दो ग्रोथमा लगानीकर्ता संकोचबिना लगानी गर्छन्। 

दुरदराजका गाउँ हुँदै बैंक प्रतिको विश्वसनीयताले कर्पोरेट जगतलाई समेत रिझाइसकेको छ। त्यसैले निक्षेपकर्ताको दरिलो साथ मात्र होइन सेयर बजारमा पनि आफ्नो पृथक पहिचान बनाउन बैंक सफल छ।

सुदृढ व्यवस्थापन र सबल व्यवसाय बिस्तारसँगै प्रतिफलको सुनिश्चितताले पनि लगानीकर्तालाई यस बैंकको सेयरप्रति आकर्षित हुँदै आएका छन्। बैंकको सेयर सक्रिय भएलगत्तै ब्रोकर, ट्रेडर र लगानीकर्तासँगै अधिकांश बजारको आँखा आफूतर्फ तान्ने गर्छ।

वित्तीय क्षेत्रको वृद्धिदरलाई उछिन्दै बैंकका सूचकले फराकिलो फड्को मार्ने गरेका छन्। बलियो कर्पोरेट पोर्टफोलियो बनाएको बैंकले व्यवसायमा स्ट्याण्डर्ड चार्टर्ड र एसबीआई जस्ता पुराना खेलाडीलाई पछि पारिसकेको अवस्था छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको व्यवसाय ६ प्रतिशत बिस्तार हुँदा सानिमाको दुई गुणा फैलिएको छ। १२.३२ प्रतिशतका दरले बैंकको बिजनेस बढ्यो। यसैगरी निक्षेपको दौडमा पनि स्थापित ब्राण्डहरुलाई पछि पारेर इन्डष्ट्रिको वृद्धिदरलाई उछिनेको छ। यसकारण पनि बिज प्लेयर्सको ध्यान आफू प्रति तान्न बैंक सफल छ।

पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकलाई हेर्दा १४.३९ प्रतिशतले बैंको कर्जा परिचालन बढ्ने गरेको छ र निक्षेप १४.७४ प्रतिशतले। त्यहीँ खुद ब्याज आम्दानीमा बर्सेनि १० प्रतिशतको वृद्धि छ। बैंकको फी तथा कमिसन आम्दानी पनि ५.३२ प्रतिशतले बढ्ने गरेको देखिन्छ।

तर बैंकले गुणस्तरीय कर्जाको अनुपत भने बढाउन सकेको छैन। पछिल्लो पाँच वर्षमा बैंकको प्रभिजनिङ ह्‍वात्तै बढेको छ। प्रोभिजनिङमा राष्ट्र बैंक कठोर रूपमा प्रस्तुत भएको छ। मन्दीबीच खराब कर्जा बढ्दा राम्रो संकेत पनि दिँदैन। कर्जाको गुणस्तर बढाउन पनि राष्ट्र बैंकले प्रोभिजनिङमा बढि बल पुर्‍याएको हो। बैंकको कर्जा जोखिम व्यवस्थापनको रकम आकाशिएको छ। परिणामस्वरुप निष्क्रिय कर्जाको अनुपात पनि ह्‍वात्तै बढेको छ। 

यसले प्रत्यक्षरूपमा नाफालाई असर गर्छ। तर, सावधानी अपनाउनु मन्दीउन्मुख अर्थतन्त्रका लागि सकारात्मक संकेत अवश्य हो। प्रोभिजनिङले बैंकको नाफालाई भने असर गर्ने गरेको देखिन्छ। सँगै खर्चको अनुपात आम्दानीको तुलनामा बढी नै छ। नाफालाई असर गर्दा प्रतिसेयर आम्दानीको वृद्धिदर संकुचन हुँदैछ।

विशेषगरी हाइड्रोपावर र कृषिजन्य व्यवसायमा कम्पनीको लगानी देखिन्छ। सानिमा ग्रुप स्वयंले पाँचवटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरेको छ। जसमध्ये सानिमा हाइड्रो, सानिमामाई हाइड्रो, सानिमा मिडल तमोर, तमोर सानिमा इनर्जी, स्वेतगंगा लगायतका आयोजना छन्।

यस्तै बर्सेनि १५.४४ प्रतिशतले बैंकको कर्मचारी खर्च बढ्ने गरेको छ। सञ्चालन खर्च पनि ५.३८ प्रतिशतले बढ्दै गएको पाँच वर्षयताको तथ्यांकले देखाउँछ। जसले गर्दा सञ्चालन मुनाफालाई ४ प्रतिशतमा सीमित राखेको छ। 

बैंकको लगानीयोग्य क्षमतामा पनि ह्रास आउँदै छ। प्राथमिक पुँजीकोषको अनुपात कमजोर हुँदा कम्पनीले कर्जा बिस्तारको दरलाई घटाएर लैजानुपर्ने हुन्छ। राष्ट्र बैंकको विद्यमान व्यवस्था अनुसार, बैंकहरुको पुँजीकोष ११ प्रतिशत र प्राथमिक पुँजीकोष घटीमा पनि साढे ८ प्रतिशत हुनुपर्छ। ११ प्रतिशत पुँजीकोष पुर्‍याउन प्राथमिक पुँजीकोष र पूरक पुँजी आवश्यक पर्छ।

पुँजीकोष तोकिएकोभन्दा धेरै भएको अवस्थामा न्युनतम पुँजीकोषको अनुपात कायम राख्दै बैंकहरुले बाँकी ऋण दिन सक्छन्। न्युनतम पुँजीकोष कायम नभए राष्ट्र बैंकले त्यस्ता वित्तीय संस्थालाई लाभांश बाँड्न रोक लगाउँछ। पुँजीकोषलाई माथि लैजान बैंकहरुले सञ्चिति मुनाफा बढाउनुपर्ने भएको छ।

राष्ट्र बैंकले यसपटकको मौद्रिक नीतिबाट आगामी आर्थिक वर्षदेखि काउन्टर साइक्लिकल बफर पनि लागु गर्ने जनाएको छ। जसअनुसार बैंकले कायम गर्नुपर्ने ११ प्रतिशत पुँजी कोषको आकार बढेर १३.५ प्रतिशत पुग्नेछ। केन्द्रीय बैंकले हालको पुँजीकोषमा २.५ काउन्टर साइक्लिकल बफर थपेको हो।

यसका बाबजुद बैंकको खुद नाफा सञ्चालन मुनाफाभन्दा केही विन्दु धेरै नै छ। तर, राष्ट्र बैंकको प्रावधानले गर्दा बैंकको वितरणयोग्य मुनाफा खुम्चिदो अवस्थामा रहेको देखिन्छ। वितरणयोग्य मुनाफा खुम्चिदा लाभांश दरलाई प्रभावित पारेको छ। जसले बैंकको सेयर मूल्यलाई पनि केही खुम्च्याएको अवश्य छ। पुँजीकोषको अनुपातले पनि यसमा अहम् भूमिका खेलेको छ।

गैरआवासीय नेपालीहरुको बलियो सञ्जालले बैंकलाई प्रवर्द्धन गर्दै आएको विषय पनि लगानीकर्ताबीच सधैं चर्चामा रहेको पाइन्छ। उनीहरुले सानिमालाई नजिकबाट हेर्ने गरेका छन्। बैंकको महत्त्वपूर्ण निर्णयहरू अध्यक्ष टुकप्रसाद पौडेलसँग छलफल गरेर लिने गरेका छन्। विशेषगरी सानिमा ग्रुपका संस्थापकहरुको दख्खल नै बैंकमा मेजर डिसिजनमा हुने गरेका छन्। 

सानिमा ग्रुपका तीन प्रमुख अरुणकुमार ओझा, टेकराज निरौला र जीवनाथ लामिछानेको बोलबाला नै बैंकमा पनि चल्ने गरेको छ। बैंकको सबैभन्दा धेरै सेयर भएका प्रमोटर पनि यी तीन नै हुन्। जसलाई उनीहरुले क्रमशः कम गर्दै समेत लगेका छन्। कुल सेयर स्वामित्वको ८.३० प्रतिशत आफ्नो नाममा रहेको अरुण कुमार ओझाको आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म आइपुग्दा ७.९४ प्रतिशतका सीमित छ।

यो पछिल्लो चार आर्थिक वर्षमा घटेको सेयर स्वामित्त्व हो। टेकराज निरौलाको ७.४५ बाट ७.०९ प्रतिशतमा पुगेको छ। त्यहीँ जीवनाथ लामिछानेको स्वामित्व यथावत छ। उनीसँग कुल सेयरको ५.५३ प्रतिशत छ।

बैंकको वित्तीय अवस्था यस्तो छ