BIZMANDU
www.bizmandu.com

१९० देशबाट ७० हजार प्रि- बुकिङ भएको ई-बाइक अल्ट्राभ्वाइलेटीको ‘एफ ७७’ एक सातामा आउँदै

२०७९ मंसिर ६

काठमाडौं। अल्ट्राभ्वालेटी अटोमोटिभले ल्याउन लागेको इलेक्ट्रिक बाइक एफ ७७ मोडलको एक हप्तापछि सार्वजिक हुने भएको छ। कम्पनीका अनुसार यो बाइकको १९० वटा देशहरुबाट ७० हजार युनिटभन्दा धेरै प्रि- बुकिङ भइसकेका छन्।

Tata
Global Ime

यो बाइक स्पोर्ट बाइक हो। जसको यही नोभेम्बर २४ मा भारतमा सार्वजनिक हुने कम्पनीले जनाएको छ। यसलाई टिभिएस मोटर कम्पनीले पनि लगानी गरेको छ। कम्पनीले यसको विकासका लागि ५ वर्ष लगाएको थियो।

कम्पनीले यसको प्रि- बुकिङ भारु १० हजारमा एक महिना अगाडि खुलाएको थियो। तर यसको मूल्य भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। भारतमा यसको अनुमानित मूल्य भारु ३ लाखदेखि ३.५ लाखसम्म तोकिने बताइएको छ।

यो बाइक तीनवटा भेरियन्टमा उपलब्ध हुनेछ। एयरस्ट्राइक, लेजर र स्याड्यो  रंगमा यी बाइक पाइने छन्। यिनीहरुको आ-आफ्नै फिचर र पर्फर्मेन्स छन्।

यसमा लिथियम-आयोन ब्याट्री प्याक उपलब्ध छ। साथै यो ब्याट्री आल्मुनियम केसिङको भित्र सेकुअर गरेर राखिएको छ। यसमा ५ स्टारस्तरको सेफ्टी र प्यासिभ एयर कुलिङ प्रविधि पनि समावेश गरिएको छ।

यसमा भएको ब्याट्रीले एकपटकको फुल चार्जमा ३०७ किलोमिटरको रेन्ज प्रदान गर्दछ। यो अहिलेसम्मको उच्च रेन्ज दिने इलेक्ट्रिक बाइक हुने कम्पनीले दावी गरेको छ।

कम्पनीले ब्याट्रीमा परिमार्जन गर्नुको कारण चेसिसमा वजन घटाउनको लागि नयाँ मोडेल विकास गरेको हो। यस्तै कम्पनीले मोटर माउन्ट प्रक्रियामा पनि काम गरे जसको परिणामस्वरूप यो बाइक ३० प्रतिशत हल्का छ यसले बाइकलाई बलियो बनाएको छ। साथै ट्रान्समिसन प्रक्रिया, गियर दाँत र बाइकको स्विङआर्म संस्करणमा पनि परिवर्तन गरिएको छ।