BIZMANDU
www.bizmandu.com

कालिञ्चोक दर्शनले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाका लागि एकैपटक आइपीओ जारी गर्ने

२०७९ मंसिर ६

कालिञ्चोक दर्शनले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाका लागि एकैपटक आइपीओ जारी गर्ने
कालिञ्चोक दर्शनले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाका लागि एकैपटक आइपीओ जारी गर्ने


काठमाडौं। कालिञ्चोक दर्शनले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई एकैपटक आइपीओ जारी गर्ने भएको छ। 

Tata
Global Ime

आइपीओमा मंसिर १४ गतेदेखि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका छैटौंपटक संशोधन गरी वैदेशिक रोजगारीका श्रमिकका लागि पनि आइपीओ खरिदमा सहभागिताको कोटा छुट्याएको छ।

त्यसलाई कालिञ्चोकले आइपीओमा समेट्ने भएको हो। वैदेशिक रोजगारीका श्रमिकले पहिलो पटक आइपीओमा आवेदन दिँदैछन्। उनीहरुलाई कम्पनीले कुल जारी हुने प्राथमिक निष्कासनको १० प्रतिशत पाउनेछन्। 

कालिञ्चोक दर्शनले जारी पुँजी ६० करोड रुपैयाँको २ प्रतिशत आयोजना प्रभावितका लागि आइपीओ निष्कासन गर्दैछ। जस अनुसार उनीहरुले १ लाख २० हजार कित्ताका लागि आवेदन दिन पाउने छन्।

वैदेशिक रोजगारीका श्रमिकले भने जारी हुने कुल सर्वसाधरण सेयर मध्येको १० प्रतिशत पाउने हुन्। कम्पनीले उनीहरुको लागि १ लाख ८ हजार कित्ताका लागि आवेदन दिनेछन्। कम्पनीले जारी पुँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधरणलाई निष्कासन गर्दैछ।

आयोजना प्रभावितहरुले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन्। त्यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीले भने धेरैमा १० हजार ८०० कित्तासम्मका लगि आवेदन दिन सक्नेछन्।

आइपीओ छिटोमा मंसिर २८ गते बन्द हुनेछ। प्रयाप्त आवेदन नपरे पुस १४ सम्म लम्बाइने कम्पनीले जनाएको छ।