BIZMANDU
www.bizmandu.com

देउवाको सातौँ जित,गुल्मीबाट डडेल्धुरा चुनाव लड्न गएका सागर ढकालले कति मत ल्याए?

२०७९ मंसिर ७

देउवाको सातौँ जित,गुल्मीबाट डडेल्धुरा चुनाव लड्न गएका सागर ढकालले कति मत ल्याए?
देउवाको सातौँ जित,गुल्मीबाट डडेल्धुरा चुनाव लड्न गएका सागर ढकालले कति मत ल्याए?

कैलाली। डडेल्धुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरले पराजित गर्दै देउवा सातौँ पटक निर्वाचित भएका हुन्।

Tata
Global Ime

देउवाले २५ हजार ५३४ मत पाउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे। कांग्रेस बिपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए। २०४८ सालको आम चुनावमा देउवा डडेल्धुराबाट विजयी भएका थिए।

त्यसपश्चात् २०५१ र २०५६ सालको संसदीय चुनाव, २०६४ र २०७० सालको संविधानसभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा उनी डडेल्धुराबाट जितेका थिए।