BIZMANDU
www.bizmandu.com

पर्सा ४ मा एमालेका जालिम मियाँलाई ५ हजार मतले पछि पार्दै कांग्रेसका रमेश रिजाल विजयी

२०७९ मंसिर ७

पर्सा ४ मा एमालेका जालिम मियाँलाई ५ हजार मतले पछि पार्दै कांग्रेसका रमेश रिजाल विजयी
पर्सा ४ मा एमालेका जालिम मियाँलाई ५ हजार मतले पछि पार्दै कांग्रेसका रमेश रिजाल विजयी


वीरगंज। पर्सा ४ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रमेश रिजाल विजयी भएका छन्। सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका रिजालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जालिम मियाँलाई फराकिलो मतान्तरका साथ पराजित गरेका हुन्।

Tata
Global Ime

रिजालले ३१ हजार १ सय ४२ मत प्राप्त गरेका छन् भने मियाँले २५ हजार ६ सय १२ मत प्राप्त गरेका छन्। मियाँभन्दा रिजालले ५ हजार ५ सय २७ मत बढि ल्याएका हुन्।

कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका रिजाल २०७४ को चुनावमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का लक्ष्मणलाल कर्णसँग पराजित भएका थिए। राजपाका कर्णले २० हजार ७ सय ३८ मत प्राप्त गर्दा रिजालले १४ हजार ७ सय २ मत मात्र प्राप्त गरेका थिए।

निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ ले उपलब्ध गराएको तथ्यांकका अनुसार खसेको कुल ६२ हजार ४ सय ९६ मत गणना गर्दा २ हजार ५ सय २८ मत बदर भएको थियो।