BIZMANDU
www.bizmandu.com

सुर्खेत-२ मा कांग्रेसका थानीले गरे जितमा ‘ह्याट्रिक,’ १ मा उपसभापति पूर्णबहादुर खड्काको अग्रता

२०७९ मंसिर ७

सुर्खेत-२ मा कांग्रेसका थानीले गरे जितमा ‘ह्याट्रिक,’ १ मा उपसभापति पूर्णबहादुर खड्काको अग्रता
सुर्खेत-२ मा कांग्रेसका थानीले गरे जितमा ‘ह्याट्रिक,’ १ मा उपसभापति पूर्णबहादुर खड्काको अग्रता


काठमाडौं। सुर्खेत-२ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका हृदयराम थानी विजयी निर्वाचित भएका छन्। उनी ३४ हजार ६ सय २५ मत ल्याएर विजयी भएका हुन्।

Tata
Global Ime

निकटतम् प्रतिस्पर्धी एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५ सय ५८ मत प्राप्त गरे। एमालेका जिल्ला अध्यक्षसमेत रहेका क्षेत्रीलाई थानीले ५ हजार ६७ मतान्तरले पराजित गरेका हुन्।

थानीले योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन्। २०७४ मा भने थानी एमालेका नवराज रावतसँग पराजित भएका थिए। रावतले ३७ हजार ४ सय ४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार ६ सय ४६ मत प्राप्त गरेका थिए। त्यसअघि २०५६ र २०७० का चुनावमा भने थानी यही क्षेत्रबाट निर्वाचित भइ सहकारी तथा गरिबी निवारणमन्त्री भइसकेका हुन्।

सुर्खेत-१ मा कांग्रेस उपसभापति खड्काको सुरुवाती अग्रता

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत-१ बाट प्रतिनिधिसभा सदस्यमा सुरुवाती अग्रता लिएका छन्। सुर्खेत-१ मा मंगलबार राति १२ बजेबाट मतगणना सुरु भएको थियो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३ हजार २ सय ३८ मतगणना हुँदा खड्काले १ हजार ७ सय ७२ मत प्राप्त गरेका छन्। यस्तै  एमालेका ध्रुवकुमार शाहीले १ हजार ३ सय ५५ मत प्राप्त गरेका छन्।