BIZMANDU
www.bizmandu.com

साउदी अरेबियामा आज सार्वजनिक बिदा, अर्जेन्टिनालाई हराएको खुशीमा सेयर कारोबार पनि बन्द

२०७९ मंसिर ७

साउदी अरेबियामा आज सार्वजनिक बिदा, अर्जेन्टिनालाई हराएको खुशीमा सेयर कारोबार पनि बन्द
साउदी अरेबियामा आज सार्वजनिक बिदा, अर्जेन्टिनालाई हराएको खुशीमा सेयर कारोबार पनि बन्द


साउदी अरेबियामा आज सरकारले सार्वजनिक विदा दिएको छ। विश्वकप फुटबल अन्तर्गत हिजो भएको खेलमा साउदीले अर्जेन्टिनालाई पराजित गरेको खुसीमा बिदा दिइएको हो।

Tata
Global Ime

साउदीले हिजो अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको थियो। साउदीका राजकुमार मोहम्मद बिन सलमानको सुझावमा राजा सलमानले बिदा दिने निर्णय गरेका हुन्।

साउदीको प्रेस एजेन्सीका अनुसार आज सार्वजनिक र निजी क्षेत्रमा काम गर्ने कर्मचारी र शैक्षिक संस्थामा बिदा दिइएको हो। आज तय भएको परीक्षणसमेत रद्द गरेर डिसेम्बर ७ का लागि तोकिएको छ।

साउदीको स्टक एक्सचेन्ज तडउलले पनि आज कारोबार बन्द गर्ने निर्णय गरेको छ।

समूह 'सी'मा रहेको साउदीले शनिवार पोल्यान्डसँग र डिसेम्बर १ मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ।