BIZMANDU
www.bizmandu.com

एमाले र रास्वपाको बराबर जित, कांग्रेस पहिलो बन्दा माओवादी केन्द्रले खाता खोल्नै सकेन

२०७९ मंसिर ७

एमाले र रास्वपाको बराबर जित, कांग्रेस पहिलो बन्दा माओवादी केन्द्रले खाता खोल्नै सकेन
एमाले र रास्वपाको बराबर जित, कांग्रेस पहिलो बन्दा माओवादी केन्द्रले खाता खोल्नै सकेन


काठमाडौं। नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा १३ ठाउँमा जित निकालेर अहिलेसम्मको नतिजामा पहिलो दल बनेको छ।

Tata
Global Ime

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी ३/३ ठाउँमा चुनाव जितेर दोस्रो स्थानमा रहँदा माओवादी केन्द्रले भने हालसम्म खाता खोलेको छैन। एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले एक/एक ठाउँमा जितेका छन्।

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको १६५ सिटका लागि भएको निर्वाचनमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले डेब्यू गरेको हो भने कांग्रेसले आफूलाई पहिलो स्थानमा उभ्याएको हो। २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस दोस्रो भएको थियो।

कांग्रेसका निर्वाचित १३ जना

कांग्रेसका तर्फबाट पर्सा-४ बाट रमेश रिजाल, काठमाडौं-१ बाट प्रकाशमान सिंह, काठमाडौं-३ बाट सन्तोष चालिसे, काठमाडौं-४ बाट गगन थापा, काठमाडौं-५ बाट प्रदीप पौडेल, काठमाडौं-१० बाट राजन केसी निर्वाचित भएका छन्।

रसुवाबाट मोहन आचार्य, ललितपुर-१ बाट उदयशमशेर राणा, तनहुँ-२ बाट शंकर भण्डारी पनि कांग्रेसबाट निर्वाचित भएका छन्।

मुस्ताङमा योगेश गौचन थकाली, मनाङमा टेकबहादुर गुरुङ, सुर्खेत-२ मा हृदयराम थानी र डडेल्धुरा-१ मा शेरबहादुर देउवा कांग्रेसबाट निर्वाचित भएका हुन्।

एमालेका ३ उम्मेदवार निर्वाचित

एमालेका तर्फबाट काठमाडौं-९ मा कृष्णगोपाल श्रेष्ठ, उदयपुर-२ बाट अम्बरबहादुर रायमाझी र ललितपुर-२ बाट प्रेमबहादुर महर्जन निर्वाचित भएका छन्।

काठमाडौंमै रास्वपाका ३ उम्मेदवार निर्वाचित

हालसम्मको मत गणनामा रास्वपाका पनि ३ जना उम्मेदवार निर्वाचित भएका छन्। जसमा काठमाडौं-२ मा सोबिता गौतम, काठमाडौं-७ मा गणेश पराजुली र काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन्।

एकीकृत समाजवादीका शेरबहादुर कुँवरले अछाम-१ मा जितेर पार्टीको खाता खोलेका छन्। राप्रपाका धवलशमशेर राणाले बाँके-२ बाट जितेका छन् भने नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी कैलाली-३ बाट निर्वाचित भएका छन्।