BIZMANDU
www.bizmandu.com

एफएनसीसीआई अध्यक्ष शेखर गोल्छा भन्छन्-‘राजस्व लक्ष्य पूरा गर्न गलत निर्णय लिइन्छ’

२०७९ मंसिर ७

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व लक्ष्य पूरा गर्न आन्तरिक राजस्व विभागले गलत निर्णय गरेको आरोप लगाएका छन्।

Tata
Global Ime

उनले विभागले रहरले कर तिर्ने वातावरण नबनाएको बताउँदै निजी क्षेत्र र सरकार मिलेर कर वृद्धि गर्नेतर्फ लाग्नुपर्ने बताए। आन्तरिक राजस्व विभागले बढी कर तिर्ने उद्योग/फर्मलाई सम्मान गर्ने कार्यक्रममा गोल्छाले यो धारणा राखेका हुन्।

'कसरी करको दायरा बढाउन सकिन्छ। कर गरेर होईन रहरले तिर्ने वातावरण बनाउनुपर्छ। विभागले पनि अस्वाभाविक राजस्वका लक्ष्य राख्नुहुँदैन,'उनले भने।

उनले राजस्व न्यायाधिकरणको भूमिकामाथि प्रश्न गर्दै आन्तरिक राजस्वले हारेको मुद्दा किन सर्वोच्च नै पुग्नुपर्ने भनेर प्रश्न समेत गरे।

उनले अहिले अवस्था निकै कठिन भएको बताउँदै भने-'विभागले गरेको १० वटा निर्णय गलत छ। राजस्व पूरा गर्न विभागले गर्ने निर्णय निकै कठिन छ। राजस्वले खर्च धान्न नसक्ने अवस्था छ। इमर्जेन्सी अवस्था पुगिसकेको छ।