BIZMANDU
www.bizmandu.com

एमालेद्वारा गुल्मी-२ मा ‘क्लिन स्वीप’, प्रदेशसभा क्षेत्र ‘ख’ बाट एमालेका पन्थी विजयी

२०७९ मंसिर ७

एमालेद्वारा गुल्मी-२ मा ‘क्लिन स्वीप’, प्रदेशसभा क्षेत्र ‘ख’ बाट एमालेका पन्थी विजयी
एमालेद्वारा गुल्मी-२ मा ‘क्लिन स्वीप’, प्रदेशसभा क्षेत्र ‘ख’ बाट एमालेका पन्थी विजयी


बुटवल। प्रदेशसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ ‘ख’ बाट नेकपा एमालेका दिनेश पन्थी विजयी भएका छन्।

Tata
Global Ime

पन्थीले १३ हजार ९२९ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बुद्धी जिसीले १३ हजार ८१९ मत प्राप्त गरेका छन्।पन्थीले जिसीलाई ११० मतान्तरले पराजित गरेका हुन्।

प्रतिनिधिसभा तर्फ गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी भइसकेका छन्।

प्रदेशसभा २ ‘क’ मा पनि एमालेका डिल्लीराज भुसाल विजयी भएका छन्।