BIZMANDU
www.bizmandu.com

नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, ५२१.५७ रुपैयाँबाट खुल्दैछ बिहीबारको कारोबार

२०७९ मंसिर ७

नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, ५२१.५७ रुपैयाँबाट खुल्दैछ बिहीबारको कारोबार
नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, ५२१.५७ रुपैयाँबाट खुल्दैछ बिहीबारको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको छ। प्रस्तावित १५ प्रतिशत बोनस सेयरका आधारमा इन्स्योरेन्सको सेयर समायोजन भएको हो।

Tata
Global Ime

समायोजनपछि सेयर मूल्य ५२१.५७ रुपैयाँ पुगेको छ। बिहीबार कम्पनीको सेयर कारोबार सोही मूल्यबाट सुरु हुनेछ।

नेप्सेले अन्तिम कारोबार मूल्य ५९९.८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो। कम्पनीको विहीबार नै बुक क्लोज हुँदैछ। साधारण सभा मंसिर १८ गतेका लागि डाकेको छ। जसअनुसार मंगलबारसम्म कायम सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन्।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ का लागि १५.७९ प्रतिशत लाभांश बाँड्ने घोषणा गरेको छ। जसमध्ये १५ प्रतिशत बोनस सेयर हो। बाँकी बैंकले नगद दिँदैछ।